प्रियजनको निशानामा देउवा, मन्त्रीबाट राजीनामा दिने खाँडले दिए चेतावनी

प्रियजनको निशानामा देउवा, मन्त्रीबाट राजीनामा दिने खाँडले दिए चेतावनी

d
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको संशोधन प्रस्तावमा सहमति गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै प्रियजनको निशानामा परेका छन् । कांग्रेस राजनीतिमा लामो समयदेखि देउवालाई साथ दिइरहेका बालकृष्ण खाँडलगाएतका नेताहरु प्रदेश नम्वर ५ विभाजनलाई असन्तुष्ट भएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय दल र पदाधिकारी बैठकमा देउवाकै प्रियजनहरुले चर्काे आलोचना गरे । सधै बैठकमा देउवाको क्याम्पमा उभिने नेताहरु विपक्षमा पुगेका छन् । रक्षामन्त्री समेत रहेका खाँडले सोमबारको बैठकमा सभापति देउवालाई चुनौति दिए । पहाड तराई मिलेर बनेको, कुनै समस्या नै नरहेको क्षेत्रलाई समस्यामा पार्ने कोसिस गरे म मन्त्रीबाट राजीनामा दिन्छु र सभापति विरुद्ध मैदानमा जान्छु ।

पाँच नम्वर प्रदेशबाट प्रतिनिधित्व गर्ने चन्द्र भण्डारी, खाँड लगाएतका नेताहरु संविधान संशोधनका विपक्षमा उभिएका छन् । त्यसैगरी कांग्रेस संसदीय दलका देउवा अल्पमतमा परेका छन् । खाँड र भण्डारीलाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिएका छन् ।

५ नम्वर प्रदेशका सांसद र नेताहरुले टुक्राउने अवस्था आए नवलपरासीदेखि कंचनपुरसम्मको एउटा क्षेत्र बनाउन सुझाव दिएका छन् । पहाडलाई अलग बनाउने हो भने कैलाली र कंचनपुरलाई पनि समेट्नु पर्ने धारणा राखे । अखण्ड सुदुरपश्चिको पक्षमा चट्टानी अडान राख्दै आएका देउवालाई चुनौति दिन सांसदहरुले यस्तो प्रस्ताव ल्याएका हुन् ।


Previous
Next Post »