निर्माणधीन चक्रपथ विस्तार आयोजनाले तीव्रता पायो

निर्माणधीन चक्रपथ विस्तार आयोजनाले तीव्रता पायो


चीनियाँ सरकारको अनुदान सहयोगमा काठमाण्डौं उपत्यकाको निर्माणधीन चक्रपथ विस्तार आयोजनाले तीव्रता पाएको छ । आगामी एक वर्षभित्रमा सम्पन्न हुने गरी चत्रपथ विस्तारको काम भैरहेको काठमाडौ चक्रपथ सुधार आयोजनाले जनाएको छ । चक्रपथ सडक विस्तार अन्तर्गतको करिब १० किलोमिटर कलंकी – कोटेश्वर खण्डको सडक विस्तारले निकै तिव्रता पाएको हो ।


सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु भएको कोटेश्वर कलंकी सडक २०१७ जुलाईमा सम्पन्न गर्ने गरी साङ्घाई कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । तर भुकम्प, नाकावन्दी लगायतको समस्याहरुको कारण कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसक्दा एक वर्षको लागि समयावधि थपेको थियो । आगामी जुलाईमा सम्पन्न हुने सडक विस्तार अन्तर्गत ४६ प्रतिशत काम सम्पन्न भएको काठमाडौ चक्रपथ सडक सुधार आयोजनाले जानकारी दिएको छ ।
सडक विस्तारमा सरकारले समन्वय नगर्दा ढिलाई भैरहेको निर्माणको जिम्मा लिएको साङ्घाई कन्ट्रक्सनको भनाई छ । सडक विभागअन्तर्गतको चक्रपथ सडक सुधार आयोजना लामो समय प्रमूख विहीन हुन पुग्दा विस्तारको काम प्रभावित भएको थियो । तर ढल, पुल, खानेपानी तथा विजुलीको पोललगायत संरचनाहरुको व्यवस्थापनको जिम्मा लिएको आयोजनाले सरकारी निकायहरुसँग समन्वय भैरहेको बताउदै निर्धारित समयमा नै सम्पन्न हुने दावी गरेको छ ।
कलंकी कोटेश्वर खण्ड सडकलाई दुई भागमा विभाजन गरी निर्माण कम्पनीले विस्तारलाई तीव्रता दिएको छ । यही वर्ष पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न हुने आयोजनाको दावी छ । सडक विस्तार अन्तर्गत ८ लेनको चौडा सडकको साथै कलंकी चोकमा ४ लेनको अण्डर पास र विभिन्न स्थानमा ६ वटा आकाशे पुलहरु निर्माण गरिने छन् ।
Previous
Next Post »