१५ गते हिन्दु राष्ट्रका लागि राजधानी तताइने'

१५ गते हिन्दु राष्ट्रका लागि राजधानी तताइने'


काठमाण्डौ,१२ मंसिर ।  नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा "सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं "भन्ने मुलमन्त्रकासाथ बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको छ ।

बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको आन्तरिक तयारी समेत ब्यापकरुपमा भएको आयोजकले जनाएको छ । आगामी मंसिर १५ गते हिन्दु राष्ट्रको पक्षमा  बिहङ्गम राष्ट्रिय गोष्ठी हुने भएको हो ।

"सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं" भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुनेछ ।

नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ ।

नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा सनातन हिन्दुधर्मालम्बीहरुलाई लगायतलाई आग्रह गरिएको छ ।   

नेपाल राष्ट्रियतालाई हृदयङ्गम गर्दै शंखघोष गरेर सनातन हिन्दू राष्ट्र स्थापना महाभियान छेड्ने आयोजकको तयारी छ । खड्का समुहले पहिले पनि अभियान चलाएका थिए, खड्का अस्वस्थ्य भएकाले अभियान केही सुस्त बनेको थियो । ]

मंसिर १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।


Previous
Next Post »