आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदले मात्रै प्रचण्डलाई साथ दिन्छन’

आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदले मात्रै प्रचण्डलाई साथ दिन्छन’


चित्रबहादुर केसी,अध्यक्ष राष्ट्रिय जनमोर्चा

सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको हो । तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको पनि स्पस्टैसँग जनताले बुझिसकेका छन ।
वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको थियो । तिनले प्रचण्ड र देउवालाई भेट्टाए । संघियता नै देशको लागि क्यानसर हो ।नेपालका मद्येशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भए ।

सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक जुट हुन आवश्यक छ ।
अब लाग्छ,नेकपा एमालेले पनि महाकाली संधीमा गरेको जस्तो गल्ती दोहोर्याउने छैन । मेरो विश्वाश छ । राष्ट्रिय जनमोर्जाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने छ । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन हुँदैन । आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्नेछन

Previous
Next Post »