झापामा माओवादीका २ सय नेता-कार्यकर्ता एमालेमा प्रवेश

झापामा माओवादीका २ सय नेता-कार्यकर्ता एमालेमा प्रवेश


विर्तामोड, १० मंसिर । केपी ओलीको गृह जिल्ला झापामा सत्तारुढ नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सरकारको नेतृत्व सम्हालिरहेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाड-तराई अलग गराउन संविधान संशोधन प्रस्ताव ल्याएर राष्ट्रघात गर्न लागेको भन्दै शुक्रबार कन्काई नगरपालिकाको ३२विगेमा आयोजित कार्यक्रममा दुई सय जना माओबादीबाट एमालेमा प्रवेश गरेको एमाले कन्काई नगर कमिटीका अध्यक्ष कोमल पन्तले जानकारी दिए ।
नवप्रवेशीलाई एमाले सांसद प्रेम गिरीले अविर टिका लगाएर स्वागत गरेका थिए । गिरीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए ।
एमाले कन्काइ नगर कमिटीका सचिव रविन्द्र लम्सालका अनुसार एमाले प्रवेश गर्नेमा भिम बाग्ले, लक्ष्मी चिमोरियासहित दुई सयभन्दा बढी छन् ।
प्रचण्डले देशलाई गृहयुद्धतिर धकेल्न खोजेः कार्की
नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीले सरकारले नेपाललाइ गृहयुद्दतिर धकेल्न खोेजेको आरोप लगाएका छन् । झापाको कन्काइ नगरपालिकास्थित जामुनखाडी सिमसारमा युवा संघ झापाले गरेको विस्तारित बैठकमा एमाले नेता कार्कीले संघियता र पुनर्संरचनाको नाममा प्रचण्ड सरकारले देशलाइ गृहयुद्दमा धकेलेको आरोप लगाए ।
जनताको घर घरमा पुग्छौंः अध्यक्ष पाठक
आन्तरिक पर्यटकलाइ प्रवर्द्धन गर्ने योजनाको साथ आयोजित कार्यक्रममा एमाले झापा अध्यक्ष चिन्तन पाठकले ४ महिने अभियान सञ्चालन गरिएको बताए । जनताको घर घरमा पुग्न तथा सविधान सभाको बारेमा सचेतना फैलाउने काममा समेत यो अभियान सञ्चालन गरिएको पाठकले बताए ।
झापाका ७ वटै क्षेत्रमा यो अभियानको सम्पुर्ण तयारी पुरा गरिएको र फाल्गुन २१ गते मेची पुलबाट अध्यक्ष केपी ओलीले अभियानको समापन गर्ने बताइएको छ ।

Previous
Next Post »