सरकारले थप १२ नयाँ सहर निर्माण गरिँदै

सरकारले थप १२ नयाँ सहर निर्माण गरिँदै

सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ ।अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् ।  त्यस्तै प्युठान र सुर्खेतमा १/१ गरी २ वटा हुनुेछन् ।

गत आर्थिक वर्ष ७२ /७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्ने बाहेक कुनै काम हुन नसकेको आजको नयाँ पत्रिकामा समाचार छ ।


चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए ।आयोजना व्यवस्थापन पक्षका अनुसार अहिलेसम्म प्यूठान र सुर्खेतमा नयाँ सहर छनोटको काम अन्तिम अवस्थामा पुगेको छ ।

हुलाकी राजमार्गमा रहने १० वटा सहरको भने प्रारम्भिक अवस्थामा नै छ ।यसअघि सरकारले मध्यपहाडी राजमाजर्गमा पर्नेगरी १० वटा नयाँ सहर निर्माणको स्थान छनोट गरी काम सुरु गरिसकेको छ ।
Previous
Next Post »