दाहाल–ओली चर्काचर्की

दाहाल–ओली चर्काचर्की



मंसिर १०, २०७३- संविधान संशोधन तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच बिहीबार साँझ चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्याएर मधेसी मोर्चाको माग सम्बोधन गर्न चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पूरा भइसकेकाले ‘धेरै विरोध नगर्न’ आग्रह गरेका थिए । जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसद्सँग त्यो संवैधानिक हैसियत नै नभएको जिकिर गरेका थिए । सरकारले सीमांकन चलाउन खोजे त्यसविरुद्ध अदालत जाने चेतावनी समेत ओलीले दिए ।




Previous
Next Post »