कांग्रेस, माओवादी र मधेसी मोर्चालाई योगेश भट्टराईको चुनौती– ‘एउटै चुनाव चिन्ह लिएर एमालेसँग लड्न आए हुन्छ’

कांग्रेस, माओवादी र मधेसी मोर्चालाई योगेश भट्टराईको चुनौती– ‘एउटै चुनाव चिन्ह लिएर एमालेसँग लड्न आए हुन्छ’



कांग्रेस, माओवादी र मधेसी मोर्चालाई योगेश भट्टराईको चुनौती– ‘एउटै चुनाव चिन्ह लिएर एमालेसँग लड्न आए हुन्छ’
१५ मंसिर  । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गरेर नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले गलत गरेको आरोप लगाएका छन् ।

उनले प्रदेशहरुको सीमांकन हेरफेरको विषय सम्बन्धित प्रदेश सभाको सहमति चाहिने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संविधानलाई लत्याएर गलत ढंगले संशोधन प्रस्ताव ल्याएको आरोप लगाए ।

उनले सीमांकन हेरफेर सीमा निर्धारण आयोगमार्फत् गर्नुपर्ने संवैधानिक व्यवस्था भएको स्मरण गराउदैँ भने– ‘प्रदेश नंं. ५ को सीमांकन हेरफेर गर्न त्यहीका जनताले चाहेका छैनन् । त्यति मात्र होइन त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा परेको छ । सर्वोच्च अदालतमा मुद्दा परेको थाहा पाउँदापाउँदै सरकारले किन रातारात संविधान संशोधन प्रस्ताव दर्ता गरेर सीमांकन हेरफेर गर्ने काम ग¥यो ?’  उनले अहिलेको संशोधन प्रस्ताव संवैधानिक रुपमा मात्र गलत नभई अदालतको समेत सिधै अवहेलना गर्ने गरी ल्याएको भन्दै त्यो पारित नहुने ठोकुवा गरे ।

संवैधानिक व्यवस्था अनुसार  संसदले चलाउन नपाउने उनको जिकिर थियो ।  उनले छिमेकी मुलुक भारतको समेत उदाहरण दिदैँ भने– ‘त्यहाँ पनि पटक–पटक सीमांकन हेरफेर भएको छ, झारखण्डलगायत त्यसका उदाहरण हुन् । तर, त्यहाँ त्यही प्रदेशका जनताले चाहेपछि हेरफेर भएको हो । दिल्लीसँग कुनै सम्झौता छैन ।’

उनले नेपालमा पनि सात प्रदेश गठन गर्ने बेलामा देशभरीका जनतासँग छलफल गरेको स्मरण गर्दै भने– ‘अब संविधानमा उल्लेख भएको प्रदेशको हेरफेर केन्द्रले होइन त्यहीका जनताको चाहनामा हुन्छ ।’

भट्टराईले पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग भने– ‘अहिले सरकारले जे गरिरहेको छ एमालेलाई राजनीतिक रुपमा पनि फाइदा भएको छ ।’ उनले  आउने चुनावसम्म कांग्रेस, माओवादी र मधेसी मोर्चा एउटै चुनाव चिन्ह लिएर एमालेसँग लड्न आइदिए हुन्थ्यो भन्ने आसय समेत व्यक्त गरे ।

‘हामी एउटा चुनाव चिन्ह र अरु एउटा चिन्हमा चुनाव लड्ने अवस्था बन्दै गएको छ, त्यो एमालेका लागि गर्वको कुरा हो,’ भट्टराईले भने ।
Previous
Next Post »