राष्ट्रपतिको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड

राष्ट्रपतिको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड



काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गरेको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गरेकी थिइन् ।pm prachanda President Bidhya Bhandari

राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट पैदा हुने भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन हुनुपर्ने धारणा राखेकी थिइन् । राष्ट्रपतिलाई सकारात्मक भूमिकामा पाएपछि प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमत भइदिन ओलीलाई विशेष आग्रह गरेका थिए । तर, ओली ‘टसबाट मस’ भएनन् । ओलीले भने, ‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता छ, राष्ट्र र राष्ट्रियतालाई असर गर्ने कुनै कार्य हुन नदिन एमाले प्रतिबद्ध छ ।’

ओलीका कुरा सुनेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘बरु लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे हामी सकारात्मक हुन सक्छौँ, ओलीजीले संविधान संशोधनमा सहमति जनाइदिनुपर्‍यो ।’ देउवाको आग्रहलाई पनि ओलीले टेरेनन् । त्यसअघि गत साता प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवाले लोकमानका विषयमा सोच्न सकिने भन्दै संशोधन प्रस्तावमा सहमत भइदिन आग्रह गर्दा ओलीले ‘लोकमानको विषयलाई संविधान संशोधनसँग जोड्न नहुने’ जवाफ फर्काएका थिए ।

रात्रिभोजको अवसरमा छलफल हुँदा ओलीले संशोधन प्रस्तावबारे पुरानै अडान कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले ‘त्यसो भए हामी संविधान संशोधन प्रस्ताव दर्ता गर्छौं, संसद्मा छलफल गरौँ, तर संसद् अवरुद्ध तुल्याउने या सङ्घर्ष गर्ने काम नगरौँ’ भनी ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले प्रचण्डको सो आग्रहलाई पनि सकारात्मक रूपमा लिएनन् । उनले भने, ‘हामी संशोधन आवश्यक नरहेको ठान्छौँ, बलजफ्ती संशोधन प्रस्ताव दर्ता गरियो भने त्यसको विरुद्ध संसद्भित्र र सडकमा पनि विरोध गर्छौं, सङ्घर्षमा उत्रिन्छौँ ।’

केपी ओलीलाई राष्ट्रपतिसहितले सहमतिमा ल्याउन गरेको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्ड केही पनि नखाईकन रात्रिभोजबाट बाहिरिएका थिए । भनिन्छ, प्रचण्ड आफ्नी पत्नी सीताबिना रातिको खाना खान मन पराउँदैनन् । कसैले आफूलाई मात्र भोजमा बोलाएको छ भने उनी कुनै न कुनै बहाना बनाएर भोज नखाईकन निस्कने गर्छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
Previous
Next Post »