हिन्दू राष्ट्रसहित राजतन्त्रको पुनःस्थापना गर्न चिन र भारत सहमतिको नजिक

हिन्दू राष्ट्रसहित राजतन्त्रको पुनःस्थापना गर्न चिन र भारत सहमतिको नजिक


चिनिया राष्ट्रपतिले नेपालमा राजसंस्थाले खेलेको भूमिकाको प्रसंशा गर्दै राजसंस्था पुन:आवश्यक रहेको बताए

अन्तर्राष्ट्रिय विश्व हिन्दू महासम्मेलनबाट ‘हिन्दू सम्राट’ घोषित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह लगत्तै सिंगापुर भ्रमणमा निस्किएपछि एक साता चीन भ्रमणमा पुग्नुभएको छ । सिंगापुर भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत एस जय शंकर र प्रमुख सुरक्षा सल्लाहाकार अजित दोभाल सहित उच्च स्तरीय भारतीय राजनैतिक टोलीसँगको भेटवार्ता पछि उहाँ भारतीय मित्रहरुको सल्लाह मै चीन पुग्नुभएको हो । सिंगापुरमा पूर्व राजा ज्ञानेन्द्रको नेपालको राजनैतिक अस्थिरताका कारण भारत र चीनको सुरक्षामा खतरा उत्पन्न भएको, नेपाललाई हिन्दू अधिराज्य सहित संवैधानिक राजतन्त्रको स्थापनामा भारतले सघाउने बचनबद्धता भएपछि बिगतको गल्तीलाई सच्याउने प्रतिवद्धता भारत सरकारको आधिकारिक धारणा आएको स्रोतले बताएको छ ।
हाल चीन भ्रमणमा रहनुभएका पूर्व राजा ज्ञानेन्द्रले चिनीयाँ राष्ट्रपति, प्रधान मन्त्री लगायत चिनीयाँ जनमुक्ति सेनाका प्रमुख सहित त्याहाँको उच्च स्तरीय राजनैतिक टोलीसँग भेटघात गर्नु भएको छ । चिनीयाँ राष्ट्रपतिले नेपालको राजनैतिक स्थिरता चीनको चाहना रहेको बताउदै राजसंस्था नेपालमा हुँदा राजसंस्थाले खेलेको भूमिकाको खुलेर प्रसंशा गरेको कुरा पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतले जनाएको छ । नेपालका राजनैतिक अस्थिरताका कारण चीनको सुरक्षामा खतरा बढेको प्रति चिनीयाँहरुले पूर्वराजा ज्ञानेन्द्रसँग चासो ब्यक्त गर्दै नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताएका छन् ।
चिनीयाँ राष्ट्रपति सीजिङपिङसँग पूर्वराजा ज्ञानेन्द्रले एक घण्टा लामो गोप्य वार्तालाप गरेको परिवार निकट स्रोतले जनाएको छ । वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति फितलो भएको तर्फ संकेत गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भारतको गोवामा दलाई लामाका प्रतिनिधिसँग गरेको भेटवार्ता प्रति चीन सरकारले गम्भिर आपत्ती जनाउदै राजाको समयमा नेपालको परराष्ट्र नीति परिपक्क भएको भन्दै प्रसंशा गरेका थिए । पूर्वराजपरिवार स्रोतका अनुसार चिनीयाँहरुले नेपालमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र र हिन्दू अधिराज्य कायम हुनुपर्ने र त्यसमा चीन सरकारको समर्थन रहने भन्दै भारत कै आशयमा चिनीयाँहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । अत्यन्तै गोप्य राखिएको चिनीयाँहरुसँगको पूर्वराजाको भेटघाट र वार्तालाई राजा मंसिर तेस्रो साता सिंगापुरमा भारतीय ‘मिशन’ टोलीसँगको भेटवार्तापछि पूर्वराजा दिल्ली आएर नेपाल फर्किने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सिंगापुर र चीन भ्रमणलाई राजनैतिक रुपमा निकै महत्व र अर्थपूर्ण ढंगले हेरिएको छ ।
स्रोतका अनुसार भारत र चीनका रणनीतिकारहरुले नेपालको वर्तमान संविधान, स्तानीय निर्वाचन र संघीय संरचना आदि कुनै पनि पक्षलाई आघि बढ्न नदिने पक्षमा देखिन्छ । २०७४ साल माघ ७ सम्म यस्तै अवस्थामा पु¥याएर ०४७ को संविधानलाई नै कृयाशिल गराउने योजना रहेको छ । यसबीचमा राजनैतिक द्वन्द्व बढ्ने, मधेश आन्दोलन चर्किने, संवैधानिक निकायहरुमाथि प्रहार हुने देखिन्छ । यस्तै अस्थिर राजनीतिलाई ०७४ साल माघ ७ पछि ब्यवस्था नै परिवर्तन गराउने भारतीय रणनीतिकारहरुको योजना देखिन्छ । चीन र भारतसँग पूर्व राजा ज्ञानेन्द्रले केहि ‘जेन्टलमेन्ट एग्रीमेन्ट’ समेत गर्नुहुने बताईएको छ । के के विषय भन्ने नखुले पनि जलस्रोत, सुरक्षा, परराष्ट्रनीति र ब्यापार तथा राजनैतिक सवालमा सम्झौता हुने बताईएको छ । चीनबाट फर्केपछि राजाको दिल्ली सम्झौता हुने जानकारहरु बताउँछन् ।
साभार अखबारनेपाल डटकमबाट
Previous
Next Post »