दलित युवतीद्धारा मन्दिर प्रवेश : इतिहासमै पहिलो पटक दलितले पुजा सुरु गरेकोमा हंगामा (फोटो फिचर)

दलित युवतीद्धारा मन्दिर प्रवेश : इतिहासमै पहिलो पटक दलितले पुजा सुरु गरेकोमा हंगामा (फोटो फिचर)


गुल्मी, १३ मंसिर । आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहासिक चारपाला दरवारको इश्वरी देवी मन्दिरमा त्यहाँको एक दलित युवती प्रवेश गरेर हिजो देखि पुजा आराधना सुरु गरेकी छिन् ।
उक्त चारपाला दरवार स्थापना भएको झण्डै तीन शताव्दीको इतिहासमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदाय भित्र हंगामा सुरु भएको छ ।
हिजो विहान खान पकाइ रहेको बेला एक्कासी कालिमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार साढे ९ वजे चारपाला दरवारमा प्रवेश गरेकी थिइन् । प्रवेश गरे पछि पुजा समितिका मानिसहरुलाई मैले इश्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु, ढोका खोली दिनुहोस भनेर आग्रह गरिन् । तर समितिका कुनै पनि पदाधिकारीहरुले अहिले चाँवी छैन्, खोल्न सकिदैन भनेर टारी रहे ।

unnamed-2
उनको पालो साँझ ६ वजे सम्म ढोका नखोलिए पछि उनको शव्दमा कालिमाई कै शक्ती ग्रहण गरेर मुल ढोका फोरेर पुजा सुरु गरिन् । रातभरी पनि पुजा, दिनैभर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानीय राजनैतिक दल बसेर उनले तीन दिन लगातार कालिमाइले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमाने पछि तीन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सवै मञ्जुर भएका छन् ।


पुजा समितिका अध्यक्ष रुद्रबहादुर ब्ुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो अवेर सम्म के कारणले ढोका खोलियो ? जवकी पुजारी वाहेक कोही बस्न नपाउने निर्णय समितिले गरेको भन्दै उनलाई अप्ठ्यारोमा पार्ने तर्कहरु निकाल्न खोज्दै थिए । तर त्यहाँका दलहरु र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु बीच राम्ररी छलफल भए पछि उनीहरु पछि हटेका थिए ।
अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत परियारले यो मन्दिर सवैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवी उत्रिदा समेत वाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौं सम्म तानावाना वुनेर मलाई दुख दिइयो , त्यस पछि साँझ कालिमाता आफै शक्ती ग्रहण गरेर ठुलो ताल्चा फोरेर मलाई भित्र पसाउनु भयो ।
वाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा आफुले थाह पाएको उनको आरोप थियो । उनले पटक पटक लुटेराहरुको संज्ञा दिदै समितिका मान्छेहरु मानव विरोधी , देवी–देउता विरोधी भएको आरोप लगाइन् । उनी मन्दिर प्रवेश गर्ने साहस आफुले नबटुलेर कालिमाता आफैले बटुलेको ठोकुवा गरिन् ।


उनले कालिमाताले जस्तोखालको रुपरेखा र क्रियाकलाप गर्ने गरेको देखिन्थ्यो त्यो जस्ताको त्यस्तै गर्ने गर्दछिन् । नढाँटी आफ्ना विवरण पेश गरे उनले सवै वकेर प्रष्ट पारिदिन्छिन् । मनमा पाप राखेर वोले उनलाई बक्न निकै सकस हुने र वेहोस हुने गर्दछिन् ।
आफुलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्यै भलो नहुने उनको भनाइ छ । उनका काका इश्वरी परियारले उनलाई दशैंको घटस्थापना देखि कालिमाई उत्रेको बताए ।

त्यस अघि उनलाई केही भएको थिएन् । तर नुहाउने , चोखो जल चढाउँदै उनी समान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनी भारतमै जन्मेर हिन्दुधर्मकी अनुयायी रहेकी थिइन् ।
नेपाली कांग्रेसका नेता अशोक थापा , नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकपा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर विक, इश्वरी माविका प्रधानाध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक वुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखे पछि कुनिष्ठा देख्ने जस्ता पुरातनवादीहरु पछि हट्न बाध्य भएका थिए ।


मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित समुदायहरुले वोलाए पछि दलित वर्गउत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष इश्वरी परियार , नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म विक त्यहाँ पुगेका थिए ।
झण्डै चार घण्टा लामो छलफल पछि सहज वातावरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यस पछि उनलाई त्यस भेगको गहनाका रुपमा संरक्षक र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर वाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर ग्रह दशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो । परियार पनि त्यस कुरामा सहमत भइन् र पुजा सुरु गरेर बसीरहेकी छिन् ।


उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको मानसिकता दिलै देखि तोडिने न तोडिने कुरामा भने भविश्यले बताउने देखिएको छ । यस प्रश्नमा स्थानिय गैर दलित, शिक्षक वुद्धिजिवी र राजनैतिक दलका नेताहरुले मानसिकताबाटै पनि तोडिने तर्क राखेका छन् ।

‘जातिय विभेद चारपालावासीले राखेनन् र उनीहरुले अन्य गाउँवासीलाई पनि सकारात्मक सन्देश दिएका छन् ’–जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीले यस्तो प्रतिक्रिया दिए ।


Previous
Next Post »