बंगलादेशमा हिन्दुका घर तथा मन्दिरमा तोडफोड र आगजनी

बंगलादेशमा हिन्दुका घर तथा मन्दिरमा तोडफोड र आगजनी


बंगलादेश। बंगलादेशमा फेसबुकमा इस्लाम विरोधी सामग्री पोस्ट गरेको भन्दै त्यसको विरोधमा आक्रोशित समूहले हिन्दु मन्दिर र घरमा तोडफोड तथा आगजनी गरेको छ । ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा आक्रोशित समूहले हिन्दु समुदायको घर तथा मन्दिरमा आक्रमण गरेका हुन् । कम्तिमा २० घरमा आगजनी भएको छ । यस्तै त्यस क्षेत्रका १० भन्दा धेरै मन्दिरमा पनि आगजनी तथा तोडफोड भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आक्रोशित समूहले लुटपाट पनि गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दु समुदाय अल्पसंख्य छन् । उनीहरुमाथि बेलाबेलामा यस किसिमका घटना हुने गरेका छन् ।


घर तथा मन्दिरमा आगो लगाउनुका साथै आक्रोशित समूहले हिन्दु समुदायका केही व्यक्तिलाई कुटपिट पनि गरेका छन् । एक हिन्दु युवकले मुसलमानको पवित्र धर्मस्थल काबाको तस्बिर एडिट गरेर त्यसमाथि शिवलाई राखेको तस्बिर पोस्ट गरेका थिए । त्यसपछि यस्तो घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।
Previous
Next Post »