एमालेले भोलिदेखि संसद अवरोध गर्ने, सडकमा पनि आन्दोलन चर्काउने
संशोधन प्रस्ताव राष्ट्रघाती




मंसिर १५, २०७३- एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै बिहीबारबाट संसद अवरुद्ध गर्ने र सडकमा समेत आन्दोलन चर्काउने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले  संविधान संशाेधन विधेयक राष्ट्रघाती भएको ठहर गर्दै त्यसविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको हो । बाहिर सडकमा पनि जनताको साथ रहेको उनीहरुको आान्दोलनमा सहभागी हुँदै संशोधनलाई असफल पार्ने निष्कर्ष निकालेको हो । 

‘भोलिबाट राष्ट्रघाती निर्णयको विरुद्ध एमाले संसदमा उभिन्छ,’ एमाले सांसद रवीन्द्र अधिकारीले कान्तिपुरसँग भने, ‘संसदमा आफ्ना कुरा राखेर भोलि (बिहीबार) बाट अवरुद्ध गर्ने निर्णय भएको छ ।’ 

सरकारले सीमा फेरबदल गर्ने गरी मंगलबार राति संसदमा संविधान संशोधन विधेयक पेश गरेको थियो । उक्त विधेयकमले मुलुकलाई झन् द्वन्द्व र विखण्डन तर्फ लैजान मलजल गर्ने भन्दै एमालेले यस विरुद्ध संघर्षमा उत्रिन सबैलाई आह्वान गरेको छ । संसद भित्र र बाहिर रहेका सबै दल र जनसमुदायलाई आन्दोलनमा उत्रिन आह्वान गरेको छ । 

नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा विरामी भएका कारण अध्यक्ष केपी ओली उपस्थित थिएनन् । पार्टीका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले धारणा राख्दै सशक्त आन्दोलनमा जाने  निर्णय सुनाए । एमाले संसदीय दलले सबै सांसदहरुलाई प्रतिवाद गर्न र सदनमा संघर्ष चलाउनुपर्ने भएकाले राजधानी नछोड्न निर्देशन दिएको छ ।



Previous
Next Post »