सामूहिक बलात्कारकी पीडितलाई पुलिसले सोध्यो, ‘को सँग बढी मजा आयो ?’

सामूहिक बलात्कारकी पीडितलाई पुलिसले सोध्यो, ‘को सँग बढी मजा आयो ?’

केरलका एक सामूहिक रुपमा बलात्कृत भएकी महिलाले जब पुलिसमा रिपोर्ट दर्ता गराउन गइन् तब पुलिसले उनलाई जुन प्रश्न गरे, त्यसले पीडितलाई थप मानसिक प्रताडना दिएको उनले बताइन् ।

उनको दाबी अनुसार पुलिसले उनलाई निकै तुच्छ शब्दको प्रयोग गरी सोधे, ‘को सँग बढी मजा आयो ?’

उनी भन्छिन्, ‘पुलिस स्टेसनमा दिइएको मानसिक प्रताडना निकै असह्य थियो ।’

वास्तवमा घटना दुई वर्ष पुरानो हो तर यसलाई डबिंग अभिनेत्री भाग्यलक्ष्मीले आफ्नो फेसबुकमा पोष्ट गरेपछि यो पुनः चर्चित बन्यो ।

बिहिबार भाग्यलक्ष्मी र महिला अधिकारका लागि काम गर्ने कार्यकर्ता माला पार्वतीले पीडित महिला र उनका श्रीमानका लागि एक पत्रकार सम्मेलनको आयोजना गरे ।

पीडित महिलाले त्रिशूरका सीपीएम पार्षद जयंदन, बिनेश, जिनेश र शीबूमाथि सामूहिक बलात्कारको आरोप लगाएकी छिन् ।

३३ वर्षीया पीडितका अनुसार प्रताडना र धम्कीको डरले उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न डेढ वर्ष लागेको उनले बताइन् ।

उनले सन् २०१६ को अगस्ट १४ तारिखमा मुद्दा दर्ता गरिन् । पत्रकार सम्मेलनमा पीडित महिला र उनका श्रीमान् आफ्नो अनुहार छोपेर उपस्थित भए ।

पुलिस र राजनीतिक दबाब दिएर उनलाई बयान परिवर्तन गर्न बाध्य बनाएको ती महिलाले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मैले यस विषयमा बोले उनीहरुले मेरो बच्चालाई मारिदिने धम्की दिए । जब न्यायाधिसले ममाथि कुनै दबाब छ कि भनेर सोधे तब म त्यतिबेला रोएँ ।’

त्यसकारण प्रताडनासँग आजित भएर उनले आफ्नो मुद्दा फिर्ता लिएको उनले बताइन् । यस विषयमा उनीहरुले मुख्यमन्त्री पिनारई विजयनसँग पनि भेटघाट गरेका छन् ।
Previous
Next Post »