बाँदरले गर्यो भविष्यवाणीः अबको अमेरिकी राष्ट्रपति यिनी

बाँदरले गर्यो भविष्यवाणीः अबको अमेरिकी राष्ट्रपति यिनी


फुटबल म्याचको भविष्यवाणी बारे हामीमध्ये धेरैलाई थाहा छ । यो निकै चर्चित पनि बनेको थियो । तर यसपटक एक बादरले संसारको सबैभन्दा शक्तिशाली देशको अबको राष्ट्रपतिको बारेमा भविष्यवाणी गरेको छ । बादरको यो भविष्यवाणीमाथि मानिसहरुले सोसल मिडियामा बहस पनि थालिसकेका छन् ।

बादरका अनुसार यसपटक अमेरिकाका राष्ट्रपति पदको बागडोर हिलारी क्लिन्टनले नभई डोनाल्ड ट्रम्पको हातमा आउनेछ । स्मरण रहोस्, भविष्यवाणी गर्ने यो बाँदरले यसै वर्ष फुटबलको युरोपियन च्याम्पियनको बारेमा भविष्यवाणी गरेको थियो । यो बाँदरको नाम गेडा हो । गेडाले एक टुरिजम पार्कमा आयोजित कार्यक्रममा यो पूर्वानूमान गरेका हुन् ।

सिन्ह्वा इकोलोजिकल पार्कमा यो बाँदरको अगाडि दुई उम्मेद्वारको फोटो राखियो । पहेँलो रङको टि–सर्ट लगाएको यो बाँदरले हिलारी र डोनाल्ड ट्रम्पमध्ये डोनाल्ड ट्रम्पलाई छाने । यसका साथै बाँदरले ट्रम्पको अनुहारमा चुम्बन पनि गर्यो ।

स्मरण रहोस्, ठूला खेलकूद आयोजना र चुनावमा प्राणीहरुको भविष्यवाणीको ट्रेन्ड बनेको छ । सन् २०१० मा फुटबल विश्व कपको क्रममा एक अक्टोपस पनि आफ्नो सटिक भविष्यवाणीका कारण चर्चामा आएको थियो । यो गेडा नामको बाँदरले सन् २०१६ को यूरोपियन फुटबल च्याम्पियनशीपमा पनि भविष्यवाणी गरेको थियो । बाँदरले पोर्चुगल र फ्रान्समध्ये पोर्चुगललाई बिजेता बताएको थियो ।
Previous
Next Post »