देशको चौथो ठुलो राजनीतिक शक्ति राप्रपा नेपाल र राप्रपा बिच हुन थालेको एकताले देशमा एउटा बैकल्पिक राष्ट्रबादी शक्तिको उदय हुने भ्एको छ

हार्दिक स्वागत



देशको चौथो ठुलो राजनीतिक शक्ति राप्रपा नेपाल र राप्रपा बिच हुन थालेको एकताले देशमा एउटा बैकल्पिक राष्ट्रबादी शक्तिको उदय हुने भ्एको छ । २०४८ साल देखी सँगठित भ्एका देश बिदेशमा रहेका हामी राष्ट्रबादी कार्यकर्ता को मनोभाव बुझी दुबै पार्टीका नेतृत्व तहले देखाएको तत्परता जागरुकता र एकताको भावनालाई प्रबासी नेपाली एकता समाज (पानस अमेरिका) हार्दिक स्वागत गर्दछ ।

नेपालको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका राख्ने एउटा राष्ट्रबादी प्रजातान्त्रीक र गतिशिल पार्टी अबको राप्रपा बन्नेछ । समधर्म सदभाव सहितको हिन्दुराष्ट्र नेपाल,राष्ट्रियता,देश बिकास र राष्ट्रिय मुद्दामा अबको राप्रपाले आवश्यक पहलकदम लिनेछ । पहिलेको जस्तै धोका कही-कसैबाट नहोस भनी आगामी दिनमा अझै मजबुत,आफ्नो मुद्धा र दृष्टिकोणमा अडिग रहदै देशको अग्रणी शक्ति बनोस भन्दै प्रवाशमा रहेका हामी नेपालीहरु उक्त एकता प्रक्रियाको लागी नेतृत्व लाइ बधाइ एव शुभकामना दिन चाहन्छौ ।

प्रबासी नेपाली एकता समाज
Previous
Next Post »