आलु खायो प्रचन्डले संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने मधेसी मोर्चाको निर्णय

संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने मधेसी मोर्चाको निर्णय


काठमाडौं, १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितीमा संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार अपराह्न राजधानीको विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको संशोधन प्रस्तावले आन्दोलनरत पक्षको माग सम्बोधन नगर्ने निष्कर्ष निकाल्दै प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष सूमनले बताए ।
‘मधेसी मोर्चाको सहमतिविना संविधान संशोधन गर्न सरकारबाट दर्ता गरिएको संशोधन विधेयक मधेसी आदिवासी–जनजाति लगायत सीमान्तकृत समदायहरुबाट उठाइएका मुद्दाहरुको सम्बोधन नगर्ने भएको हुँदा यसलाई यथास्थितीमा स्वीकार गर्न नसकिने’ निर्णय मोर्चाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र सद्भावना पार्टीका महासचिव मनिस सुमन लगायत नेताहरुको उपस्थिती थियो ।

Previous
Next Post »