प्रदेश टुक्राउने गरी गर्न थालिएको संविधान संशोधन एमालेलाई मान्य नहुने -अध्यक्ष ओली

प्रदेश टुक्राउने गरी गर्न थालिएको संविधान संशोधन एमालेलाई मान्य नहुने -अध्यक्ष ओली 

रुपन्देही ४ मंसिर- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश टुक्राउने गरी गर्न थालिएको संविधान संशोधन प्रक्रिया एमालेलाई मान्य नहुने वताएका छन ।

संबिधान कार्यन्वयन गर्न छाडेर जनताका चाहाना बिपरित संशोधन गर्न जरुरीनभएको ओली को भनाई थियो ।
प्रेस चौतारी रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यौटा प्रदेश टुक्राएर अर्को थप्ने चाहना र धारणा कुनै नागरिकको नभएकाले जनचाहना विपरितको यो कदमविरुद्ध जनतासंगै मिलेर विरोध गर्ने वताए ।

आफैले बनाएका प्रदेश कार्यान्वयनमा नआउदै संशोधन गर्न लाग्नु हास्यास्पद भन्दै उहाले सत्तारुढ दलहरुलाई यस्ता काममा समय फाल्नु साटो संविधान कार्यान्वयन र चुनावी प्रक्रियामा लाग्न आग्रह गरे ।

अध्यक्ष ओलीले नागरिकता संशोधन प्रक्रियासमेत राष्ट्रघाती रुपमा आउन लागेको बताउदै यसप्रतिपनि सचेत रहन नागरिकलाई आग्रह गरे। अंगीकृत नागरिकताधारीलाई राष्ट्रका प्रमुख जिम्मेवारीमा पुर्याउने कदमले देश परतन्त्र बन्ने भन्दै उनले  यस्तो काम कुनै हालतमा एमालेले स्वीकार गर्न नसक्ने वताए ।

Previous
Next Post »