जसमान थुलुंग ज्यूले ईसाईका दलालहरुको गाला यसरि चड्काउनु भएकोमा धन्यवाद


जसमान थुलुंग ज्यूले ईसाईका दलालहरुको गाला यसरि चड्काउनु भएकोमा धन्यवाद

के हो अक्षता अनि के हो त टिका ?
टीका=अक्षेता
अक्षेता=टीका

अक्षेता र टिकामा प्रयोग हुने अनाज चामल नै हुन।
कोदो मकै भटमास गौ जौ न अक्षेतामा प्रयोग हुन्छ,न त टीका मै।आखिर टीका र अक्षेताको लागि प्रयोगमा आउने चामलै हो भने,
अक्षेता र टीका भनेर किन पृथक नामले पुकार्ने??
अक्षेता र टीका ग्रहन गर्दा निधार नै प्रयोगमा आउछ्न।
तर अक्षेतालाई टीका र टिकालाई अक्षेता भन्न सकिन्न।
किन भने टीका र अक्षेताको पहिचान र अर्थमा भिन्नता छ।
अक्षेता नयाँ धानको चामल हो। टीका सृंगारको नाम हो।
हरहमेसा अक्षेता सुद्द सेतो रंगमा हुन्छ। तर टीका अनेकन रंगमा बनाईन्छ। एक वा एक भन्दा बडि बस्तुको मिस्रणलाई टीका भनिन्छ। टीका ग्रहण गरिएको निधार सुन्दर देखियोस भनेर त्यसरी सृंगारको समान जस्तै थरीपरी रंगको प्रयोग गरिएको हो।यश अर्थमा दहि चामलको मिश्रणबाट बनाईएको दशैंमा ग्रहण गरिने अक्षेता नभै त्यो टीका हो।
अब टीका र अक्षेता ग्रहण गरे पश्चात् गरिने कृयाकलापलाई पनि हेरौ।
दहि र चामल मुछिएको दशैको टीका ग्रहण गरे पछि दक्षिणा भनेर पैसा दिईन्छ।अझ धेरै पैसा पाईयोस भनेर कोरौनी,केरा,रोटि,कोट,खसी,बोका नै घिसारेर लगिएको यो ज्यानले देखेको छ।बिबाह बर्तबन्दमा दहिचामल र अन्य रंगको मिश्रण भएको अक्षेता प्रयोग गरिएको हुदा दक्षिणा पनि अनिबार्य हुनु पर्ने नै भयो।टीका ग्रहण गर्नकै लागि को भन्दा को कम कोसेली कस्नु नै पर्ने भो।कस्ले जुवाई छोरीलाई गोटा गन्ती हजार बिसेक रुपे दिन सक्यो भनेर सम्पन्ताको आडम्बरले गोडादुएक लाख हाती जम्मा गर्नु नै पर्ने भो।त्यसैले धनिमनिको लागि दशै र गरिवगुर्वको लागि दसा भयो यो दशै भन्ने अनाजको चाड।यी यस्ता अर्वौ नगदको हानथाप देखिरहेका अक्षेता धारीहरुले आक्रोसमा दशैं हामी भुमिपुजकको होईन भन्दै उफ्रीपाफ्री गरिरहेका छ्न कठै!!
किन भने,
नयाँ बाली भित्राउन आगवै गरिने भुमे पुजामा सुद्द चामको अक्षेता निधारमा ग्रहण गरिन्छ।
तर दक्षिणा दिईदैन।
नागी गर्दा किङ्ली पो संगै राखिएको चामल अक्षेताको रुपमा निधारमै ग्रहण गरिन्छ।
तर दक्षिणा दिईदैन।
उधौली उभौली तोसि गर्दा चामलको अक्षेता ग्रहण गरिन्छ निधारमा।
तर दक्षिणा दिईदैन।
तर सच्चा अनाज उत्पादकहरु अक्षेताधारी हुन अनि अनाजको चाड दशैं यिनै अक्षेता धारीहरुको भनेर कहिले बुज्ने???
दशै बहिस्कार भनेर कालो मोसोले निधार पोतेको फोटो पोस्टाउछन अक्षेताधारी मित्रहरुले।
दशैं बहिस्कार गर्न मसान नै बन्नु पर्छ र??
मसान भनेको डडेको खाक र कालो आत्म हो।यसै भन्छन बिजुवाहरुले।त्यसैले चोर पक्रन चोरै बन्नु पर्छ भने जस्तै मसान मन्साउन कालै अगारको रंग पोत्छन अक्षेता धारीकै बिजुवाहरुले।
तात्पर्य के हो भने,
दशैं भन्ने शब्द अनाज उत्पादन गर्नेहरुको भाषा नभै गाई चराउने,भैंसी गोठाला गर्नेहरुको भाषा हो।किन भने गाई भैंसी गोठालेलाई अनाज उत्पादन कसरी गर्ने भन्दा पनि कुन गाई वा भैसिले बडि दूध दिन्छ भन्ने कुरा थाहा हुन्छ।यश अर्थमा गोठालेहरुले बोकेर ल्याएका होईनन यो अनाजको चाड दशै।जसले अनाज अन्न उत्पादन गर्यो त्यसको चाड हो दशै।
किन भने,
गोठालोले ठेको,डोको,दुधेरो,दाम्लो,गाई भैंसी,बाख्री,लिएर गोठ तिर जान्छन।तर सस्कार धर्मकर्म चाड पर्व होइन।
गोठालेहरुको कृषि अनाज उत्पादनको ईतिहास सिन्धुघांटी भन्ज्याङ र गंगा नदिको तिरबाट सुरु भएको लेखोड त हेरेकै पढेकै र जानेकै छैनौ र???
तर अक्षेता धारीहरुको कृषि अनाज उत्पादनको ईतिहास( लुङ्छिरिङ+ख्वाक्चिपा
=
सुम्निमा+पारोहाङ)
बाट नै सुरुवात भएको थियो भनेर उत्पतिको मुद्दुममा बकैदा बोलिदै आईको छैन र??
बुज्नै पर्ने कुरा
मानव सभ्याता बिकाश क्रम को ईतिहास पांच करोड बर्स पुरानो रहेको अनुमान गरिदै गर्दा (लुङ्छिरिङ+क्वाक्चिलिपा
=
सुमिमा + पारोहाङ) भनिने अनाज उत्पादक अक्षेता धारीहरु पनि जोडिएर आएको मुद्दुमको दावी छ।
(यो लेख जसमान थुलुंगको फेसबुकबाट साभार गरिएको हो)
Previous
Next Post »