कार्कीले कारबाही नटुंगिदै राजीनामा दिएछन्

कार्कीले कारबाही नटुंगिदै राजीनामा दिएछन्


अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार  गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।
उनको उक्त राजीनामा २०६५ असोज ४ गते स्वीकृत भएको थियो। भूकम्पमा हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चको चेतावनीपछि फाइल भेट्टाएको हो।

Previous
Next Post »