लोकमानले बनाए यस्तो खतरनाक योजना : आफु नरहेपनि भ्रष्टाचारको फाइल खोलेर दर्जनौ नेतालाई जेल हाल्ने

लोकमानले बनाए यस्तो खतरनाक योजना : आफु नरहेपनि भ्रष्टाचारको फाइल खोलेर दर्जनौ नेतालाई जेल हाल्ने


काठमाडौ, ८ कात्तिक । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले आफु नरहेपनि नेताहरुलाई जेल हालेरै छोड्ने अन्तिम पासा फालेका छन् । निमित्त आयुक्त दीप बस्नेतलाई हातमा लिएर राजनीतिक आवरणमा अर्बौ भष्ट्रचार गर्नेहरुलाई अख्तियारले कहिलै नछाड्ने गरी लोममानले अस्त्र प्रयोग गरेका छन् ।


सोही योजना अनुरुप अहिले आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा भएका ठूला भ्रष्टाचार काण्डको फाइल झिकिएको जानकारी गराइएको छ । अख्तियार स्रोतका अनुसार वस्नेतले एमाले र माओवादीका शीर्ष नेतासहितको संलग्नतामा मनमोहन कलेज र लडाकू शिविर भ्रष्टाचार प्रकरणमा भएको अरबौंको भ्रष्टाचार काण्डको फाइल अगाडि बढाउने सबै तयारी पूरा गरेका हुन् ।

माओवादीका शीर्ष नेताहरुको संलग्नतामा सयौैं नक्कली लडाकू खडा गरी राज्यकोषमा अरबौं रुपैयाँ भ्रष्टाचार गरिएको प्रकरण हालसम्म पनि गुपचुप राखिदै आएको छ । माओवादी अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा लगायतको संलग्नतामा भएको अरबौंको भ्रष्टाचार प्रकरणको फाइल यसअघि अख्तियारले खोल्न खोज्दा तत्कालीन सत्ता समीकरण नै परिवर्तन भएको थियो । लडाकू भ्रष्टाचार प्रकरणमा जेल परिने भएपछि माओवादी नेता कृष्णबहादुर महरा रातारात दिल्ली गएर ‘भारतले जे भने पनि मान्ने’ भन्दै नेपाल फर्किएका थिए र त्यही बेला ओली नेतृत्वको सरकार ढाल्ने डिजाइन बनेको थियो । सो बेला भारतीय इशारामै माओवादी र कांग्रेस गठबन्धनको सरकार बन्ने भएपछि अख्तियारले समेत भ्रष्टाचार आरोपमा महरा लगायतका नेताविरुद्ध सुरु गर्न लागेको कारबाही रोकेको थियो ।

यसैगरी,मनमोहन कलेजको नाममा भएको भ्रष्टाचार प्रकरणमा करिब ३ दर्जन एमाले नेताहरु मुछिने स्रोतले जनाएको छ । ‘अब एकदुई दिनमै खोलिएका फाइलसम्बन्धी मुद्धा विशेष अदालतमा दायर हुनेछ ।’ ती अधिकारीले भने–‘लोकमान रहून् या नरहुन्, तर राजनीतिक आवरणमा अरबौंको ब्रम्हलुट गर्नेहरुलाई छाडिन्न । भोलिका दिनमा अख्तियारको नेतृत्व गर्नेहरुको मनोबल उच्च राख्न समेत राजनीतिक आवरणमा भएका भ्रष्टाचार प्रकरणलाई टुंगोमा पुर्याइन आवश्यक छ ।’
Previous
Next Post »