प्रचण्ड मानब बर्गको नभई दानब बर्गको भएको पुष्टि किनकी नब दुर्गाको प्रसाद टिका लगाउनुको साटो जेमराज को बाहान भैसीको पुजागर्छन |

प्रचण्ड मानब बर्गको नभई दानब बर्गको भएको पुष्टि किनकी नब दुर्गाको प्रसाद टिका लगाउनुको साटो जेमराज को बाहान भैसीको पुजागर्छन |

दशैं, दाहाल र माओवादीवारे भ्रम र यथार्थ
   


राजनीतिक पाटीको नेता कार्यकर्ताका लागि धर्म, सँस्कार र सँस्कृतिको विरोध वा समर्थनको वकालत गर्न कुनै जरुरी छैन र यो वहसको विषय त झन वनाइनु हुँदैन । राजनीतिक नेता वा कार्यकताले सवै समुदाय,सम्प्रदाय धर्म,सँस्कार र सँस्कृतिको सम्मान गर्नुपर्छ । दशैंको टिका जमरामा सरिक हुनुु कुनै अपराध ठहरिदैन । न त इदुल फित्रमा सरिक हुनु अपराध ठहरिन्छ न त ल्होसार वा क्रिसमसमा सहभागी हुनु नै अपराध मानिन्छ ।

दशैंमा घरजाँदा वा नातागोता इष्टमित्र कहाँ जाँदा टिका लगाएपछि सर्वस्व समाप्त हुने, इदमा मुस्लिमहरुले टोपी लगाउँदै उनीहरुको रित अनुसार सँस्कारमा सहभागी गराउँदा दर्शनको औचित्य सकिने, ल्होसारमा सरिक भइ उनीहरुको सँस्कार सँस्कृतिमा सरिक हुँदा विचार भुत्ते हुने र क्रिसमसमा सहभागी हुँदा राजनीति धरापमा परेको ठान्ने हो भने मानव समुदायबाट अलग ठाउँलाई राजनीतिक भूमी छनौट गर्नुपर्छ ।

खासगरि पश्चिमा इतिहास र दर्शनमा राजा र पादरीहरुवीचका ठूल ठूला लडाई छन् । कहिलेकाँही राज्यसत्ता धर्मसत्ताको अधिनमा रहेका क्षणहरु पनि छन् । अहिलेसम्म पनि पोपका आदेशहरु नागरिकहरुका लागि अनुलंघनिय रुपमा हेरिन्छ । त्यहि परिवेशबाट गुज्रेका समकालिन दुनियाका महान दार्शनिक कार्लमाक्सले धर्म अफिम भएको टिप्पणी गरे । कम्युनिष्टहरु नास्तिक हुनुपर्छ र धर्मको नसाबाट टाढा रहनुपर्छ भन्ने उनको मान्यता रह्यो ।

पूर्वीय दर्शन र इतिहास, कला साहित्य र राजनीतिमा धर्म नमिसिएको होइन तर कता हो कता धर्मको मामिलामा पाश्चत्य जगत भन्दा पूर्वीय जगत निकै उदार छ । नेपालकै सन्दर्भमा एउटा सामान्य नागरिक चाहे त्यो जुनसुकै समुदायको होस त्यसलाई हिन्दु र वौद्ध मध्य कसलाई मन पराउनुहुन्छ भनेर सोध्नु भयो भने त्यसले दुवै मन पराउँछु भन्ने जवाफ दिन्छ । दुवैको एकैसाथ प्रचार गर्दा उसलाई कुनै अनौठो महसुस हुँदैन ।

नेपालका धेरै जसो नागरिक जो आफुलाई हिन्दु भन्छन उनीहरु गौतमवुद्धलाई त्यो भन्दा धेरै माया गर्छन र वुद्ध धर्मलाई उत्तिकै सम्मान गर्छन । त्यो सहिष्णुता पूर्वीय जगतको सभ्यता हो । अनावश्यक वहस सृजना गर्दै सहिष्णुताको सभ्यतालाई असन्तुलनमा लैजाने जान वा अन्जान प्रयत्न हामीबाट हुनु हुँदैन ।

अव दाहाल र दशैंको सन्दर्भ

माओवादी आन्दोलनमा सुप्रिमोको भूमिका निर्वाह गरेका पुष्पकमल दाहालको दसैं दृष्टीकोण विचित्रको छ । हुन त धेरै विषयमा उनको दृष्टीकोण प्राय लाभ केन्द्रित रहन्छ । तर दसैंको अलमल र ढुलमुल पनि दृष्टीकोणकै द्धिविधा हो । यसमा उनले जनताको चाडलाई सम्मान गर्छौ भन्दै सहजतापूर्वक ग्रहण गर्न पनि सक्थे । कुन्नी किन त्यसो गरेनन् । वरु दसैंलाई पुनर्परिभाषित गर्नुपर्ने तर्क सहितको वक्तव्य जारी गरेर मिडियालार्ई केहि दिनका लागि मसला दिए ।

दाहालको वक्तव्य लगत्तै पार्टीबाट केहि समय अघि वाहिरिएका वावुराम भट्टराईले महिला र पुरुषको समानताको कुरा उठाउँदै दशैंको आशिर्वाद समय सापेक्ष वनाउनु पर्ने धारणा व्यक्त गरे । पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथमा भारतीय मुल पूजारी राख्न हुँदैन भन्ने दाहाल दोस्रो पटक दिल्लीको सहानुभूति प्राप्तीले सत्तामा पुगेपछि त्यहि पशुपतिनाथ निर्माणको जिम्मा भारतलाई दिन तयार भए । विराटनगरमा गरिएको भैंसी पूजा चर्चामै छ ।

bhaisi-puja

दिल्लीको राजकिय भ्रमणबाट हरिद्धार पुगेर वावा रामदेवबाट आर्शिवाद लिन हुने, वेला वखत ज्योतिषहरु कहाँ पुग्न पनि हुने तर टिका नलगाउँदैमा उनी क्रान्तीकारी हुने र उनको अनुशरण गर्नुपर्ने कुरामा कुनै तुक छैन । ढोंग र पाखण्डका आवरण च्यातेर पारदर्शी हुँदा केहि फरक पर्दैन ।

संसदीय राजनीतिका सम्पूर्ण मुल्य मान्यताहरुलाई स्विकार गर्दै, यथास्थितीवादी विचारद्धारा निर्देशित राजनीतिक र सामाजिक संरचना स्विकार गर्दै र दक्षिणपन्थ परस्त राज्यनीति र दक्षिणपरस्त विदेशनीति स्विकार गर्दै यहाँ सम्म आएका उनलाई सामान्य चाडपर्वहरुको पुनरपरिभाषा गर्नुपर्ने वाध्यताका पछाडिको रहस्य खुल्न सकेको छैन । त्यसलाई शहीद,वेपत्ताको पिडा, दर्शन विचार र राजनीतिक मुल्य मान्यतासंग जोड्दै राजनीतिकरण गर्न कुनै जरुरी छैन । टिका नलगाए वापत कहिं कतैबाट लाभको हरियो वत्ति छ भने भन्नु केहि छैन ।

माओवादी नेता कार्यकर्ता र धर्म सँस्कार

कुरा दसैंको मात्रै होइन सिंगो धर्म,सँस्कार र सँस्कृतिको हो । माओवादीले पुराना धर्म सँस्कारहरु नमान्ने भनिरहँदा के मान्ने भन्ने विकल्प नदिएपछि त्यो ल्याक अप क्रिश्चियानिटीमा वदलिदै गएको अवस्था छ । यसको मतलव क्रिश्चियानिटी अछुत हो भन्ने होइन । तर कार्लमाक्सकै भनाई सापट लिने हो भने पनि अफिमको एउटा रुख हटाएर अर्को रुप त्यही रोपिने हो भने पहिलो हटाउन किन दुख गर्ने ? दोस्रो काम्लो ओढेर घ्यु खाने चलन छ ।

त्यसो किन गर्ने ? घ्यु खाने नै हो भने काम्लो ओढ्नुपर्ने वाध्यता किन ? एक जना माओवादीको पोलिट्व्युरो स्तरको नेताको पिता जी को मृत्यु भएछ उनले कपाल खौरेछन् । किन खौरिनु भो दाई कपाल भन्दा जुम्रा र चाया परेको वाहाना वनाए । भरे लेखनाथ दाईबाट थाह भयो उनको पिताको मृत्यु भएको रहेछ । यहि ढोंगको खोल उतारिनु पर्छ ।

राजनीतिमा परिवारका सवै सदस्य सवैतिर वाँडिने, सँस्कार र सँस्कृतिमा सवै एक ठाउँमा आउने अनि घरबाट वाहिर निस्कँदा र फेसवुकमा फोटो राख्न निधारको टिका पुछेर फोटो खिच्ने यो डरलाग्दो पाखण्ड हो । घरमा गएपछि सवैले टिका लगाउँछन आफुलाई पनि लाईदिन्छन अनि किन संकोचको महशुस । त्यो कुन दर्शन र दस्तावेजमा छ जहाँ राजनीति पुरानै ढर्राको भएपनि चल्ने तर सँस्कारमा आफु एक्लैले भएपनि वहिष्कार गर्नुपर्ने ? मुल कुरा राजनीति हो त्यसपछि सँस्कार सँस्कृतिको प्रश्न आउँछ ।
Previous
Next Post »