राजिनामा दिने मुडमा प्रचण्ड

राजिनामा दिने मुडमा प्रचण्ड


बुधबार दर्ता भएकाे अख्तियार प्रमुख लाेकमानसिंह कार्की विरूद्दकाे महाअभियाेग पत्रले प्रधानमन्त्री पुष्पकमल दाहालकाे टाउकाे दुख्नु सम्मकाे दुखेकाे छ । याे प्रकरणले प्रधानमन्त्री दाहाल राजिनामा दिने सम्मकाे मुडमा पुगेका छन् । बाेल्ड डिसिजन र कुरा फेर्न माहिर मानिने प्रचण्डले अाजकाे बैठकमा लोकमानविरुद्ध महाअभियोग दर्ता भएपछि आफ्नै पार्टीका सांसदहरु नै आफ्नो विरुद्ध गएछन् भन्ने लागेको सुनाएका छन्।
‘रातभरी सोच्दा अब प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ,’ बैठकमा दाहालको भनाइ उद्धृत एक सांसदले भने, ‘बिहान मात्र झुक्याएर हस्ताक्षर गरेको मलाई थाहा भयो, मेरो विरुद्धमा होइन रहेछ भन्ने थाहा भएपछि मात्र बल्ल हल्का महसुस भयो।’
स्रोतका अनुसार बैठकमा दाहाल आक्रामक रुपमा खुलेर प्रस्तुत भएका थिए। ‘कट्वाल काण्डमा आफैँले सोचेर कदम चालेको थिएँ, अहिले त पार्टीका साथीहरु नै मेरो विरुद्धमा गएछन् भन्ने लाग्यो’, दाहालले भने।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध बुधबार संसदमा दर्ता भएको महाअभियोग प्र्रस्तावमा उर्जामन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत थाहा नदिइ माओवादी सांसदहरुलाई हस्ताक्षर गराएको खुलेको छ। आफुलाई थाहै नदिइ प्रस्ताव आएपछि दाहालले आफु प्रधानमन्त्रीबाट राजिनामा दिने मनस्थितिमासमेत पुगेको बताएका छन्।
माओवादी केन्द्रसम्बद्ध एक उच्च स्रोतका अनुसार बिहिबार दिउँसो तीन बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा झुक्काएर हस्ताक्षर गराएको भन्दै मन्त्री शर्मामाथि अधिकांश सांसद खनिएका थिए। आफ्ना जिल्लामा बिजुलीको पोल, ट्रान्समिटर र तार माग गर्न भनी मन्त्री शर्माले ४८ जना सांसदहरुलाई हस्ताक्षर गराएको र त्यही हस्ताक्षर महाअभियोग प्रस्ताव दर्ता गर्न प्रयोग गरिएको बताइएको छ ।
Previous
Next Post »