लोकमानसँग प्रचण्ड थुरथुर : प्रधानमन्त्री पदबाटै राजीनामा दिने खुलासा

लोकमानसँग प्रचण्ड थुरथुर : प्रधानमन्त्री पदबाटै राजीनामा दिने खुलासा


काठमाडौं –  व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव पेश भएपछि आफूलाई राति निद्रा नलागेको प्रधानमन्त्री प्रचण्डले आफ्नो संसदीय दलको बैठकमा सुनाका थिए ।
उनले   प्रधानमन्त्री पदबाटै राजीनामा दिने विषयमा समेत सोचेको खुलासा गरे ।
लोकमानसिंह कार्की यो देशको  एउटा संवैधानिक निकायका प्रमुख हुन् । निर्वाचन आयोगका प्रमुख वा लोकसेवा आयोगका प्रमुख आयुक्त भनेजस्तै अख्तियारका प्रमुख लोकमान पनि एकजना संवैधानिक पदाधिकारी हुन् । तर, लोकमानलाई यति ठूलो ‘पेपर टाइगर’ का रुपमा प्रस्तुत गरिँदैछ कि उनीदेखि देशका कार्यकारी प्रधानमन्त्री समेत डरले थुरथुर देखियका छन ।
सरकारको एउटा कर्मचारीसँग प्रधानमन्त्री डराउनुको एउटा मुख्य कारण उनको आफ्नै मनको बाघ हो । लोकमानले के के न गर्न सक्छन् ? र उनले चाहेका बेला आफूलाई जेल हालिदिन सक्छन् भन्ने प्रचण्डको मनमा देखियको पाइन्छ ।
साथै लाडाकूको भ्रष्टाचार प्रकरणले पनि थोरै काम गरेको देखिन्छ  र यसैलाई लिएर लोकमानले प्रचण्डमाथि मानसिक दोहन गरेका थिए र अझै गर्ने प्रयास गरिरहेका छन् ।
गोवाबाट फर्कनेवित्तिकै लोकमानले प्रचण्डलाई केपी ओलीविरुद्ध कुरा लगाएको सूत्रहरुको दाबी छ । यही कारण प्रचण्डले आफ्नो संसदीय दलको बैठकमा भनेका थिए कि यो त केपी ओलीले हाम्रा साथीहरुलाई प्रयोग गरेर फसाएको पो रहेछ ।
प्रचण्डकै नेता माओले भनेका थिए कि प्रतिक्रियावादीहरु कागजी बाघ मात्रै हुन् । हुन त उनीहरु हेर्दाखेरि वास्तवमा उनीहरु कागजका बाघ हुन् । जनताको शक्तिका सामु उनीहरुको केही लाग्दैन ।अहिले आफ्नो अस्थित्व रक्षाका लागि उनी क-कसको दैलोमा हारगुहार मागिरहेका छन्  ।
लोकमान यतिबेला धरापमा परेको आफ्नो पदको थमौतीका लागि रोइलो मच्चाउँदै हिँडिरहेका छन् । तर, देशको प्रधानमन्त्री चाँहि उनीसँगै डराएर के के न होला भन्दै खुकुरीको धारमा हिँड्नुपरेको बताउँदै छन् । यसका पछाडि लोकमानसिंहले उनलाई अझै पनि डर देखाउन छाडेका छैनन् ।
केपी ओली चाहिँ प्रचण्ड जसरी डराएको देखिँदैन । संसद बैठकपछि बानेश्वरको चौरीमा बसेर पत्रकारसँग कुरा गर्दै उनले महाअभियोगपछि के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा ‘अब देउसी खेलिन्छ’ भन्ने जवाफ दिन्छन् त कुनै बेला उनी महाअभियोगको ‘ब्याक गियर’ छैन भन्छन् । प्रचण्डका यस्तो निश्चिन्तभाव र साहस देखिएको छैन ।
अहिले जनमानसमा यस्ता प्रश्नहरु उठ्न थालेका छन् । हुनसक्छ लोकमानको भूतले अहिले पनि प्रचण्डलाई तर्साइरहेको छ ।
Previous
Next Post »