प्रचण्ड सरकार गिराउने भित्रि योजना यस्तो छ (पढ्नुहोस विस्तृत)

प्रचण्ड सरकार गिराउने भित्रि योजना यस्तो छ (पढ्नुहोस विस्तृत)

प्रचण्ड सरकार गिराउन कांग्रेसले भित्रि योजना बुनेको देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको दुई महिना नपुग्दै कांग्रेस सरकार परिवर्तनको चलखेलमा लागेको हो ।

माओवादी केन्द्र र एमालेको गठबन्धनमा बनेको सरकार ढालेर गत साउन १९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड,कांग्रेसले चलखेल गर्न थालेपछि संकटमा पर्ने भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एकमत भएको उच्च समाचार स्रोतको दावी छ । स्रोत भन्छ,‘उनीहरुबीच यासै विषयमा बारम्बार छलफल सुरु भइसकेको छ ।’

सत्तारुढ दल नेकमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसबीच पूर्वसहमतिअनुसार नौ/नौ महिना सत्ताको नेतृत्व गर्ने सहमति भए पनि नेपाली कांग्रेसले पूर्वसहमति तोड्दै प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजनामा लागेको हो । सरकार ढाल्नका लागि नेपाली कांग्रेसलाई एमालेले सघाउने सहमति बनिरहेको स्रोतको दाबी छ ।

आफ्नो नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रसँग आक्रामक बनेका एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई सहमतिमा ल्याएर प्रचण्ड नेतृत्वको सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा बनाउन समर्थन गर्ने वचन दिएपछि कांग्रेसले सरकारलाई असहयोग गर्ने र समयसीमाभन्दा पहिले नै सरकार ढाल्ने योजना बुनेको समाचारमा जनाइएको छ ।

समाचार स्रोत भन्छ,‘प्रधानमन्त्री प्रचण्डलाई मधेशी दलसँग सहमति जुटाउन असफल भएको तथा निर्धारित समयमा निर्वाचन गराउन असफल भएको बहानामा सत्ताच्यूत गराउने कांग्रेसको योजना हो ।’
कांग्रेस र एमालेबीच सरकार ढाल्ने विषयमा भइरहेको छलफलमा एमाले अध्यक्ष ओली तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलासमेत लागेको जनाइएको छ ।

यसैविच, वर्तमान सरकारको विकल्प खोज्नका लागि बहालवाला मन्त्रीहरूसमेत लागेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सत्ता समीकरण परिवर्तनका विषयमा भएको बैठकमा केही दिनअघि एमाले अध्यक्ष ओलीको निवासमा पुगेका स्वास्थ्यमन्त्री गगन थापाले मुलुकलाई दुर्घटना हुनबाट जोगाउन वर्तमान सत्ता समीकरणलाई पनि परिवर्तन गर्न तयार हुनुुपर्ने प्रतिक्रिया जनाएका थिए ।

नेपाली कांग्रेसबाट सत्ता समीकरण परिवर्तनको खेलमा जुटेका सिटौला निकट मानिने गगन थापाले समेत एमाले र कांग्रेसबीचमा भएको छलफलमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेस र एमाले सरकार परिवर्तनका विषयमा सहमति नजिक पुगेसँगै मधेशवादी दलहरूले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने योजनामा रहेको जनाइएको छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्ना मागहरू पूरा नगरेर आफूहरूलाई झुक्याएको आरोप लगाउादै आएका मधेशवादी दलहरूले सरकारलाई दिएको परिवर्तन फिर्ता लिन लागेका हुन् । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा मधेशी दलहरूका मागहरू पूरा गराइदिने प्रतिबद्धता जनाएपछि मधेशी दलहरूले आफ्नो निर्णयमा पुनः विचार गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

यसअघि एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीसग रुष्ट बन्दै आएका मधेशवादी दलहरूले प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डलाई सहयोग गरेका थिए ।
Previous
Next Post »