नेपाली जनताले फ्याँकेको राजतन्त्र भारतबाट आएका जोगीहरुले फिर्ता ल्याउने……? – केपी ओली

नेपाली जनताले फ्याँकेको राजतन्त्र भारतबाट आएका जोगीहरुले फिर्ता ल्याउने……? – केपी ओली


काठमाडौं, १५ कार्तिक – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन् ।

देउसी–भैलो खेल्न ओली निवास पुगेको पत्रकारहरुको टोलीलाई अध्यक्ष ओलीले सत्तापक्ष र मधेशी मोर्चावीच संविधान संशोधनबारे सहमति भयो भन्ने कुरा बाहिर आएपनि आफ्नो पार्टीसँग यसबारेमा अहिलेसम्म कुनै छलफल तथा परामर्श नै नभएको दाबी गरे ।

उनले भोलिका दिनमा कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको बताए । यद्धपी उनले उपर्युक्त विषयमा संविधान संशोधन हुने कुरामा आफ्नो दल निकै सचेत रहेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले संविधान संशोधन कसैको दबाब र कुनै प्रयासका कारण देशलाई नै अहित हुने खालको संविधान संशोधन हुनै नसक्ने जिकिर गरे । मुलुक अब कसैको प्रयोगको थलो हुन नसक्ने ओलीको भनाई थियो । यद्धपी उनले संविधान गतिशिल र परिवर्तनशील दस्तावेज भएको उल्लेख गर्दै संविधान संशोधन देशलाई आवश्यक परे गर्न सकिने बताएका हुन् । उनले अघि भने,‘अनेक प्रकारका ईन्जेक्सनहरु अब प्रयोग हुँदैनन्, हाम्रा हात पाखुरा र नशाहरुमा यो विषाक्त ईन्जेक्सन हान्न दिँदैनौं, हाम्रो आफ्नो राष्ट्रिय लक्ष्य हुन्छ, त्यस अनुसार हामी अघि बढ्छौं । ’

क–कसले कहाँ कहाँ के–के गर्छु भनेर सत्ता प्राप्तिका लागि के के सहमति गर्छ त्यो आफूहरुको विषय नभएको भन्दै अध्यक्ष ओलीले भने,‘देशका लागि आवश्यक पर्ने सकारात्मक संशोधन हामी गर्छौं ।’ उनले अहिले संविधान कार्यान्वयनतर्फ उन्मुख रहेको बताउँदै भने,‘संविधान कार्यान्वयन भैरहेको छ, यो अहिले कार्यान्वयनको प्रक्रियामा छ ।’

उनले अहिले मुलुकको लागि निर्वाचन प्राथमिक कुरा भएको उल्लेख गर्दै थपे,‘निर्वाचन गर्ने कुरा ठूलो हो, त्यस्तै अहिले विद्यमान संक्रमणकालिन व्यवस्था टुँग्याउने कुरा प्रधान कुरा हो, खासगरि कार्यान्वयन त भैरहेको छ ।’
पछिल्लो समय नेपालमा जे गरेपनि नमान्ने चलन हावी भएको अध्यक्ष ओलीको गुनासो थियो । उनले अघि थपे,‘यो गर्दा पनि नमान्ने, त्यो गर्दापनि नमान्ने प्रवृत्ति देखा परेको छ ।’ ओलीले भने,‘यहाँ अहिले यस्तो चलन चलेको छ कि, एउटा खुर्सानी हाल्यो भने मात्रै खान्छु भन्छ, अर्को खुर्सानी नझिके खान्न भन्छ, यस्तो देखियो पोहोर साल, दुईवटैको दृढ अडान ।’ ओलीले थपे,‘अल्झ्याउने कुरा मात्रै हो, अल्झ्याउने कुरा हुँदैन, तर नअल्झ्याउनेका नाउँमा, कुलो लगाउने नाममा खोलो फर्काएर खेतै बगाउने काम चाहीँ स्विकार्य छैन् ।’
उनले मुलुक र जनताको हितको लागि के गर्नुपर्ने हो भन्ने आफ्नो भूमिका एमालेले राम्रोसँग बुझेको समेत बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ ईंगित गर्दै अध्यक्ष ओलीले धर्मसंस्कृतिलाई राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्ने प्रयास भैरहेको आरोप लगाए । ओलीले थपे,‘हामीले केही दिन अगाडि मात्रै वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाईयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदैछन भनठानेर महाराजाका महाराजाधिराज भन्छन् ।’

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले भने,‘अरु हिसाबले पार लागेन अब जोगीका रुपमा गेरु बस्त्र, रातो बस्त्र, पहेंलो बस्त्र, राम–नाम, खडो चन्दन, खरानी धसेको, लामो दाह«ी पालेको, जटा अलिकति समय बनाएका, त्यसलाई दुरुपयोग गरेर, अब जटाधारी वा वस्त्रका आवरणमा नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भैरहेको छ, साँस्कृतिक हमलाको रुपमा हामीले देख्यौं ।
Previous
Next Post »