परमाणु हतियारको ‘डरलाग्दो’ घेराबन्दीमा नेपाल
१,कात्तिक,काठमाण्डौं । दोश्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकिमा अमेरिकाको बमवारीका कारण एक लाख २९ हजारले ज्यान गुमाएका थिए भने परमाणु बमका कारण कैयौं मानिसहरु प्रभावित भएका थिए । अहिलेसम्म पनि जापानले त्यो पीडा भुल्न सकेको छैन् । भलै जापानले विकास र प्रविधिमा कयौ प्रगति गरेको छ ,तर त्या बम आतंक भएको स्थानमा अझैपनि सपाङ्ग बालबलिका जन्मीदैनन् ।
परमाणु हतियारको क्षमताका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका रुस र अमेरिकाले विश्वबाट परमाणु हतियारको संख्या कम गर्दै जाने घोषणा गरिरहेको बेला नेपालका छिमेकी मुलुकहरु चीन, भारत तथा पाकिस्तानले भने परमाणु हतियारको संख्यामा वृद्धि गर्दै जान थालेका छन् । यी तीनै देशको सामरिक महत्व बोकेको देश नेपाल हो ।
नेपाल मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने यी तीन मुलुकहरु एक अर्कालाई आफ्ना प्रतिद्वन्द्वी मान्दै आएका छन् । मानव अस्तित्वकै लागि भयानक मानिदै आएको परमाणु हतियारको विकासमा प्रतिस्पर्धा गरिरहेका छिमेकी मुलुकहरु र उनीहरुको एकअर्काप्रतिको कटुतापूर्ण सम्बन्धका कारण हुनसक्ने परमाणु हतियारको प्रयोग वा आणविक दुर्घटनाको जोखिमका हिसाबले नेपालसमेत उच्च जोखिममा रहेको विज्ञहरुले बताउदै आएका छन् ।
नेपालको छिमेकी मुलुक चीन परमाणु शक्तिका हिसाबले विश्वको चाौथो शक्तिशाली मुलुक हो । त्यस्तै अर्को छिमेकी मुलुक भारत सातौं शक्तिशाली तथा दूरीका हिसाबले नजिक रहेको मित्र राष्ट्र पाकिस्तान छैटांै स्थानमा छ । विश्वमै आफ्नो महत्वपूर्ण उपस्थिति जनाउने यी मुलुकहरु एसियामा आफ्नो महत्वपूर्ण प्रभाव देखाउन लामो समयदेखि शक्ति संघर्ष गरिरहेको देखिन्छ । यही कारण पनि उनीहरु आफूलाई कसरी हतियारमा शक्तिशाली देखाउन सकिन्छ भन्ने होडमा छन् । यो प्रतिस्पर्धामा अग्रपंक्तिमा आउन परमाणु हतियार उनीहरुका लागि सहयोगी बनेको छ । यही प्रतिष्ठाको लडाइामा परमाणु हतियारसम्बन्धी क्षमतालाई चीन, भारत र पाकिस्तानले निरन्तर वृद्धि गर्दे लगेका छन् ।
चीनमा परमाणु हतियारको इतिहास
उदाउँदै गरेको एसियाली मुलुक चीन परमाणु हतियारको क्षमताका हिसाबले चौथो स्थानमा पर्छ । सन् १९६४ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको चीनसाग सन् २०१५को एक अध्ययनअनुसार २६० परमाणु हतियार रहेका छन् ।
हाल परमाणु हतियारको संख्यामा कुनै थपघट नगरेको चीनले विस्तारै यो संख्यामा वृद्धि गर्ने योजना बनाइरहेको बताइन्छ । चीनले हाल आफूसंग रहेका परमाणु हतियारलाई तत्कालै प्रयोग नगर्ने गरी स्टोरमा राखेको र परमाणु हतियार जडान गरेका वाहनलाई समेत छुट्याएर राखेको बताइन्छ ।
तर चीनले कतिपय परमाणु हतियार र सामाग्री पाकिस्तानलाई दिदै आएको आरोप भारतले लगाउदै आएको छ । चीनसाग रहेका हवाई, जमिन र समुद्रबाट आक्रमण गर्न सकिने परमाणु शक्तिमध्ये हाल जमिनबाट प्रयोग गर्न सकिने ब्यालेस्टिक मिसाइल र परमाणु हतियार जडित एयरक्राफ्टहरु मात्र अप्रेशनमा रहेको जनाइन्छ । २६० परमाणु हतियारमध्ये १९० परमाणु हतियार अप्रेशनमा रहेको र बााकी ७० परमाणु हतियारहरु अप्रेशनमा नरहेको जनाइएको छ ।
भारतमा कस्तो छ परमाणु हतियार
सन् १९७४ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको भारत परमाणु हतियारको क्षमताको आधारमा विश्वकै सातौं शक्तिशाली मुलक हो । भारतमा हाल ९० देखि ११० वटा परमाणु हतियार रहेको दाबी गरिदै आएको छ । भारतमा रहेका परमाणु हतियारहरु प्लुटोनियममा आधारित रहेको विश्वास गरिन्छ ।
सन् २०१५मा भारतमा प्लुटोनियमको भण्डारण शून्य दशमलव ५७ र शून्य दशमलव ६१ टन रहेको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त प्लुटोनियम भाभा अटोमिक रिसर्च सेन्टर (बीएआरसी)बाट उत्पादन गरेको जनाइएको छ । भारतले ६ वटा ब्रिडर रेक्टर निर्माण गर्ने योजना बनाएको छ ।
जसले प्लुटोनियम हतियार उत्पादनसम्बन्धी क्षमता वृद्धि गर्छ । अहिले पनि भारतले पाँच सय मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रिडर रेक्टर निर्माण गरिरहेको छ । इन्दिरा गान्धी सेन्टर फर अटोमिक रिसर्च कम्प्लेक्स कलपाक्कम तमिलनाडुमा उक्त प्रोटोटाइप फास्ट ब्रिडर रेक्टर निर्माणाधीन अवस्थामा छ ।
पाकिस्तानको अवस्था
सन् १९९८ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको पाकिस्तान परमाणु हतियारको क्षमताको आधारमा विश्वको छैटौं शक्तिशाली मुलुकमा हो । हाल एक सयदेखि एक सय २० को संख्यामा परमाणु हतियार रहेको अनुमान गरिने पाकिस्तानसंग जमिन र हवाई माध्यमबाट आक्रमण गर्नसक्ने परमाणु हतियार समेत छन् ।
पाकिस्तानले आफूसंग रहेका परमाणु हतियारलाई प्रहार गर्ने साधनबाट छुट्याएर स्टोर गरिएको बताइन्छ । तर पाकिस्तानको दि स्टाटेजिक प्लान्स डिभिजन (एसपीडी) (जसले पाकिस्तानको परमाणु शक्तिको परिचालन गर्छ) त्यसले भने हालसम्म परमाणु हतियार स्टोर गरेर राखेको विषयमा केहि बोलेको छैन् ।
पाकिस्तानका परमाणु हतियारहरु उच्च गुणस्तरको युरिनियम (हाइली इनरिच्ड युरेनियम) (एचईयु) को प्रयोगबाट निर्माण गरिने विश्वास गरिन्छ । पाकिस्तानले एचईयुबाटै सैन्य प्रयोजनका लागि परमाणु हतियारहरु बनाइरहेको छ ।
यसरी बचेको थियो भारत
भारत र पाकिस्तान दुवै परमाणु हतियारले सम्पन्न मुलुक हुन् । यी दुई मुलुकबीचको सम्बन्ध युद्धकै अवस्था जस्तो छ । कुनै पनि बेला युद्ध सुरु हुनसक्ने यी दुई मुलुकका बीचमा द्वन्द्व हुँदा सन् १९८४मा पाकिस्तानले झण्डै परमाणु हमला गरेको थियो ।
पाकिस्तानले सन् १९९८ बाट मात्र परमाणु हतियार उत्पादन गर्न सुरु गरेको भनिए पनि पाकिस्तानका परमाणु कार्याक्रमका पिता अब्दुल कादिर खानले १९८४ देखि नै पाकिस्तानसंग परमाणु परीक्षण गर्ने क्षमता रहेको र त्यतिबेला नयाा दिल्लीलाई पांच मिनेटमै ध्वस्त बनाउने योजनासमेत बनेको दाबि गरेका छन् । पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल जिया उल हकको विरोधपछि उक्त परीक्षण रोकिएको खानले दाबी गरेका छन्
यसकारण उच्च जोखिममा नेपाल
नेपाल आफैले हालसम्म परमाणु कार्यक्रमहरु अघि बढाएको छैन । तर दुई ठूला छिमेकी चीन र भारत तथा नजिकैको मित्रराष्ट्र पाकिस्तानले उत्पादन गरिरहेको परमाणु हतियारको जोखिमबाट भने नेपाल सुरक्षित देखिदैन् । छिमेकी मुलुकहरुले नेपालमाथि परमाणु हतियार गर्नुपर्ने कुनै कारण त देखिन्न तर उनीहरुको आपसी द्वन्द्वका कारण प्रयोग हुनसक्ने परमाणु परीक्षण वा आक्रमणको जोखिमबाट भने नेपाल सुरक्षित रहन नसक्ने परमाणुसम्बन्धी अध्ययन गरेका वैज्ञानिकहरु बताउछन् ।
आणविक दुर्घटना वा परमाणु बमका कारण हुने नोक्सानीका हिसाबले नेपाल चीन, भारत र पाकिस्तान तीनवटै मुलुकको धेरै नजिक रहेकाले ती कुनै पनि मुलुकमा यस्ता दुर्घटना भएमा नेपालमा ती देशहरुमा जस्तै प्रत्यक्ष असर गर्ने विज्ञहरु बताउँछन् ।
के छ नेपालको तयारी ?
परमाणु हतियारहरुको बीचमा रहेको नेपालले आकस्मिक रुपमा हुनसक्ने आणविक दुर्घटना वा परमाणु हतियार प्रयोगलाई मध्यनजर राख्दै सुरक्षा तयारी गर्नुपर्ने हो । तर नेपाल सरकारसाग हालसम्म सुरक्षित रहने कुनै तयारी गरेको देखिदैन् । नेपालमा हालसम्म ‘न्युक्लियर ल’ अर्थात परमाणुसम्बन्धी कानुन समेत बनेको छैन ।
नेपाल सन् २००८ देखि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तराष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) सदस्य समेत रहेको छ । सदस्य राष्ट्रको हैसियतले नेपालले सम्भावित दुर्घटनाबाट जोगिन वा दुर्घटना भइहालेमा तत्काल अपनाउनुपर्ने सुरक्षा अवस्थाका लागि आईएईएबाट सहयोग लिन सक्छ । तर सरकारले यसबारे चासो दिएको देखिदैन् ।
यस्तो हुन्छ असर
परमाणु हतियारको प्रयोग वा आणविक दुर्घटनाका कारण अल्पकालीन र दीर्घकालीन असर हुने गर्दछ । परमाणु हतियारको प्रयोगका कारण तत्कालै ठूलो मानवीय तथा वातावरणीय क्षति त पुग्छ ।
त्योसंगै त्यसको उच्च प्रभावमा रहेका क्षेत्रमा समेत त्यसको ठूलो असर पर्छ । परमाणुसम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकका अनुसार यसको असरलाई तत्कालीन असर (सोम्याटिक इफेक्ट) र दीर्घकालीन असर (जेनेटिक इफेक्ट) गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।
आणविक दुर्घटनाका कारण निस्कने विकिरणका कारण तत्कालै रगतमा रक्त कोषिकाको मात्रा घट्ने, उल्टी हुने, कपाल झर्ने तथा मृत्यु समेत हुनसक्छ भने दीर्घकालीन रुपमा जन्मने बच्चाहरु अपांग वा कमजोर मनस्थितिको हुने, जीनमा परिवर्तन हुने, क्यान्सरलगायतका रोगहरुको शिकार हुनेलगायतका समस्याहरु हुन्छन् । यसप्रति नेपाल सरकारले गम्भीरता नदेखाउने हो भने भविष्यमा संकटको कालो बादल नमडारीएला भन्न सकिन्न् ।
ConversionConversion EmoticonEmoticon