रोल्पामा प्रहरी चौकी आक्रमणको असफल पछि हतियारसहित पाँच जना पक्राउ

रोल्पामा प्रहरी चौकी आक्रमणको असफल पछि हतियारसहित पाँच जना पक्राउ



कात्तिक ८, रोल्पा । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिउरी–१ का दुजमान घर्ती मगर, सिउरी–७ का जोखबहादुर घर्ती मगर, सिउरी–८ का रामबहादुर बुढा मगर र लोकबहादुर बुढा मगर तथा सिउरी–९ का चन्द्रबहादुर घर्ती मगर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

उनीहरूका साथबाट भरुवा बन्दुक आठ थान, खुकुरी र भरुवा बन्दुकको नाल एक एक थान तथा पार्टपुर्जा, कम्ब्याट ड्रेस, बारुद २०० ग्राम, गोली २२ थान, सिसाको छर्रा ११८ थान र पेट्रोल दुई लिटर बरामद गरिएको छ ।

राष्ट्रिय मूलबासी मङ्गोलियन फोर्स नेपाल नामक समूह मार्फत उनीहरूले विभिन्न गतविधि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैबीच उनीहरूले गत भदौ ११ गते सिउरी गाविसस्थित प्रहरी चौकीमा आक्रमणको असफल प्रयास समेत गरेको बताइएको छ ।

रोल्पा साझा सवालबाट
Previous
Next Post »