अफगानिस्तानमा दशैंको रौनक

अफगानिस्तानमा दशैंको रौनक

नेटो सुरक्षाकोलागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरुको महान चाड वडा दशै धुमधामले मनाएका छन् ।

उक्त गोर्खा रेजिमेन्टका दशै कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जय अन्र्तराष्ट्रिय विमानस्थलमा गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले भब्य दसैँ पर्व मनाएको छ ।

सम्भवत; अफगानिस्तानमा नेपालीहरुले सांस्कृतिक मनोरञ्जनसहित दशैँ पर्व मनाएको यो नै पहिलो पटक हो ।

दशैं मनाउने क्रममा काबुलको विभिन्न ठाँउमा विषेश प्रकारले मनाएका छन् । प्राप्त जानकारी अनुसार कार्गास्थित कलर सार्जन्ट देउमान लावतीको संयोजकत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै परम्परागत मिष्ठान भोजन सहित विशिष्ट अतिथिहरु वीच शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम सम्पन्न गरियो । यसैगरी विमान सुरक्षामा खटिएका ताइपन समुह र हमिद कार्जय अन्र्तराष्ट्रिय विमानस्थल बेस क्यापमा रहेका गोर्खा सैनिक तथा नेपाली दाजु भाईहरु विच उल्लासमय दशै मनाए ।

Close ad X

dasai_ afganistanदोश्रो गोर्खा रेजिमेन्टको हेडक्वाटर रहेको न्यू काबुल कम्पाउण्डमा भने विषेश ढंगले दशै पर्व मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि मेजर जेनेरल स्टोरी साथै व्रिगेडियर थोमस उपस्थित रहेका थिए । सांस्कृतिक कार्यक्रमका संयोजक कर्पोरल प्रदिप ईग्नामले गरेका थिए भने कर्पोरल रुपेन्द्र राईले कार्यक्रम संन्चालन गरेका थिए ।

प्रमुख अतिथिलाई मालाअर्पण गर्दै रेजिमेन्टका प्रमुख लेप्टेन कर्णेल जेसि मुरेले स्वागत मन्तव्य व्यक्त गर्दै वडा दशैको शुभकामना संन्देश दिएका थिए । कार्यक्रमलाई नेपाली गीत ‘कहिले मिरा’ गायक चेतन भट्टराईले प्रस्तुत गरेर मनोरन्जन दिएका थिए भने उक्त रेजिमेन्टका विजय मगर र संजिबले रमाईलो नृत्य ‘मै नाचे छम छमी’ बोलको नृत्य देखाएर मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी लाहुरेहरुको चर्चित खुकुरी पाटन राजेश चेम्जोङ र दाछिरिङ शेर्पाले सामुहिक रुपमा जोडदार प्रस्तुत गरेका थिए । दोश्रो बटालियन सर्पोट (इम्फाल) कम्पनीका सेकेन्ड इन कमाण्ड क्याप्टेन मिलन चन्द्र राईले फुलपाति, मार र दशैँ कार्यक्रमको मुख्य संयोजक गरेका थिए ।

२०७३ असोज २९ गते ९:१३ मा प्रकाशित
Previous
Next Post »