तितो यथार्थ नेपाललगायत अन्य १० देशभन्दा मुकेश अम्बानी धनी

नेपाललगायत अन्य १० देशभन्दा मुकेश अम्बानी धनी

भारत एक विकासोन्मुख राष्ट्र हो तर सर्वाधिक धनाढ्य व्यापारीसँग यति पैसा छ कि उनी केही राष्ट्रभन्दा पनि धनी छन् ।

कूल २३.१ अर्ब सम्पत्ति भएका मुकेश अम्बानी भारतको सबैभन्दा धनी व्यक्तिमा गनिन्छन् । उनको सम्पत्तिले २१.२ अर्ब जीडिपी भएको नेपालका साथै संसारका अन्य १० देशको जीडिपीलाई पछि पारेको छ ।

उनको कूल सम्पत्तिले २२.८ अर्ब जीडिप भएको ट्रिनीडाड एण्ड तोबागो, होन्डुरस (२०.९), जाम्बिया (२०.६), साइप्रस (१९.९), पपुवा न्यू गिनी (१९.९), आइस्ल्याण्ड (१९.४) लाई उछिनेको छ । यसका साथै, कम्बोडियो (१९.४), अफगानिस्तान (१८.४) र बोस्निया एण्ड हर्जगोभिना (१६.५) जीडिपी भएका देश उनको सम्पत्ति अगाडि फिक्का भएका छन् ।

Previous
Next Post »