स्वदेशमा दशैं यूएई मा नेपाली द्वारा नेपालीको छुरा प्रहार गरि हत्या

स्वदेशमा दशैं यूएई मा नेपाली द्वारा नेपालीको छुरा प्रहार गरि हत्या



यूएई को अबुधाबी राज्य स्थित साहमा मा रहेको Tanzifco कम्पनीमा कार्यरत जनकपुर निवासी बिरेन्द्र साहले सोही कम्पनीमा कार्यरत पाचथर प्राङ्बुङ ८ का रन्जित खपाङ्गिलाई गत बिहीवार चक्कु प्रहार गरि हत्या गरेको जनाइएको छ ।

अक्टोबर ६ तारीख बिहिवार को दिन साझ देखि नै मदिरा सेवन गरि सामन्य विवाद सुरुगर्दै आएका बिरेन्द्रले राती करिब १२ बजेर दस मिनेट जादा रन्जित माथी चक्कु प्रहार गरि हत्या गरेको जानकारी सोही कम्पनीमा कार्यरत सल्यान ९ जिमिलिका लछ्मण ओलिले प्रत्यक्ष फोन सम्पर्क मार्फत जानकारी दिएका हुन ।

सबै मिलि दसै मनाउने भन्दै दिउँसो खसी ल्याइ काटेर सबैले सङ्गै खाना खायर सुतेको थियौ सामान्य कुरामा दिउँसो देखि नै रन्जित र बिरेन्द्र बिच भना भन भय पनि झडप भने दिउँसो भएको थियन बिरेन्द्र ले अलि धेरै नै रक्सी खायका थिय हामीले नेपाली नेपाली बिच झगडा गर्नु हुदैन भन्दै दुबैलाई सम्झाएर सुतेका थियौ राती एक्कासि हल्ला भयो हेर्न जादा बाथरुम मा रन्जित बेहोस अबस्थामा थिए, हामीले तुरुन्तै एम्बुलेन्स बोलायौ आन्द्रा बाहिर निस्केको र किट्नी को छेउमा चक्कु ले लागेको हुदा रन्जित को मुर्त्यु बाटो मा नै भयो लछमण ले फोन सम्पर्कमा बताएका छन ।
रन्जित बिरेन्द्र छुट्टाछुट्टै कोठामा सुत्ने भय पनि बाथरुम जादा राती सङ्गै परेको र बाथरुम मै भनाभन भय पश्चात् बिरेन्द्र ले कोठाबाट तरकारी काट्ने चक्कु ल्यायर रन्जित को पेटमा हानेको बताउदै आफुहरु हल्ला भय लगत्तै हेर्न जादा रन्जित बाथरुम मा बेहोस अबस्थामा भेटियको जानकारी ओलिले दियका छ ।

आफुहरुले थाहा पाय लगत्तै राती १२ बजेर २० मिनेट जादा एम्बुलेन्स बोलाएको र उनको साथमा अन्य साथीहरू पनि हस्पिटल गएको बताउदै बाटोमै मृत्यु भएका रन्जित को सब हाल अबुधाबी स्थित सरकारी हस्पिटल मा रहेको र आफन्त सँग सम्पर्क भएको हुदा नेपाल पठाउने तयारी भएको जानकारी ओलिले दिएका छन ।

घटना लगत्तै आएको प्रहरी टोलिले बिरेन्द्र लाई हिरासतमा लिएको र अरु होस्टेलमा रहेका झन्डै १० जना नेपाली लाई अनुसन्धान को लागि स्थानीय प्रहरी चौकिमा लगिएको जानकारी दिएका छन भने बिरेन्द्र लाई आबस्यक छानबिन गर्न केन्द्रिय प्रहरी कार्यलय पठाइएको जानकारी ओलिले फोन सम्पर्क मार्फत बताएका हुन ।
Previous
Next Post »