महिला इन्जिनियर सरितालाई कुर्सीमा बाँधेर जिउँदै जलाइयो

महिला इन्जिनियर सरितालाई कुर्सीमा बाँधेर जिउँदै जलाइयो

बिहारको मुजफ्फरपुरमा एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको आरोप लागेको छ । उनकी आमा कुसुम देवीले नजिकै रहेको चप्पल र लुगा देखेर शवको पहिचान गरेको बताइएको छ ।

हिला इन्जिनियर सरिता देवी मनरेगामा जुनियर इन्जिनियर (जेई) थिइन् र जिल्लाको मुरेल ब्लकमा मनरेगामा कार्यरत थिइन् ।


अहियापुर थानामा बयान दिँदै सरिताकी आमा, छोरा र श्रीमान

सोमबार बिहान महिलाको घरमा सर्ट सर्किटले आगो लागेको सूचनामा स्थानीयहरु एकत्रित भएका थिए । निकै बेरसम्म घरभित्रबाट कसैको पनि आवाज नसुन्दा केही मानिसहरु घरभित्र छिरे । उनीहरुले त्यहाँ कुर्सी जेलेको देखे । कुर्सीसँगै खुट्टाको जलेको हड्डी पनि उनीहरुले देखे ।

मृतक सरिता देवी
मृतक सरिता देवी

मिडिया रिपोर्ट अनुसार, घटनास्थलमा सुसाइड नोट पनि पाइएको छ । महिलाको शरिर निकै नराम्रो सँग जलेको छ जहाँ हड्डीहरु मात्र बचेको थियो । पुलिसले शरिर जलाउनका लागि कुनै रसायनको प्रयोग हुनसक्ने आशंका जताएको छ ।

भारतीय मिडियाको दाबी अनुसार सरिताको उनका श्रीमान् विजय सिंहसँगको सम्बन्ध राम्रो थिएन । उनी अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधीन घरमा आफ्ना दुई छोराहरुसँगै बस्दै आएकी थिइन् । घटना भएको दिन उनका एक छोरा हजुरआमाको घरमा गएका थिए भने अर्का छोरा ध्रुव दरभंगामा पोलिटेक्नीकको पढाई गरिरहेका छन् ।

एसएसपी विवेक कुमारका कारण घटनालाई सरसर्ती हेर्दा यो सरिताको हत्या भएको देखिन्छ । अनुसन्धानका लागि घरलाई पूर्ण रुपमा सिल गरिएको छ भने घर मालिक विजय गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिएको जानकारी उनले दिएका छन् ।
Previous
Next Post »