एक महिनाभित्रै काठमाडौं झलमल्ल

एक महिनाभित्रै काठमाडौं झलमल्ल


काठमाडौं । काठमाडौं महानगगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने प्रविधिको जडानको काम अन्तिम अवस्थामा पु¥याइसकेको बताएको छ ।

महानगरपालिकाले काठमाडौंका सवै जैविक फोहोरलाई बिजुलीमा परिणत गर्न नसकेपनि अवको एक महिनाभित्र काठमाडौंमा फोहोरबाट बिजुली उत्पादन गरिसक्ने निधो गरिसकेको छ । यो सानो र नमुना प्लान्ट बिजुली हो ।

महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली निकाल्ने मेसिनको भारतमै पुगेर अवलोकन गरेर फर्किएको हो । त्यसैक्रममा विद्युत प्लान्ट भित्र्याउन राज एन्ड रिवाज नेपलीज वेस्ट कम्पनीले भित्र्याएको छ । भारतको इनर्जी बीन नामक कम्पनीले निर्माण गरेको प्लान्टबाट बिजुली निकाल्ने तयारी गरिएको हो । यो मेसिनको वारेन्टी ३ वर्षको रहेको छ ।

काठमाडौंको टेकुस्थित फोहर स्टेशनमा जडान हुने मेसिनले फोहरबाट पहिलो चरणमा बायोग्यास उत्पादन सुरु भएको छ । ग्यासबाट प्राप्त हुने शक्तिले बिजुलीको जेनेरेटर अर्थात टर्वाइनलाई चलाइनेछ । अहिले जेनेरेटर जडानको काम भने बाँकी छ । अब जोडिने टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान गरिएको छ ।

महानगरपालिकाले फोहरबाट उत्पादन हुने बिजुली टेकुको सडकबत्ती र महानगरको कार्यालयमा उपयोग गर्ने बताएको छ । उक्त परियोजनाका लागि १ करोड ८२ लाख रुपैँया खर्च हुने प्रमुख कार्यकारी तामाङले जानकारी गराएका छन् ।

अहिले राजधानीमा दैनिक जम्मा हुने फोहरमध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका छन् । फोहरका लागि वाषिर्क करोडौं रुपैँया खर्च गर्ने गरेको महानगरले यो परियोजना सफल भए सबै जैविक फोहरबाट बिजुली निकाल्न प्रयोग गर्ने योजना बनाएको छ ।
Previous
Next Post »