प्रचण्ड र चिनिया राष्टपति सी को भेटबार्ता मा अपर्झट मोदी आएपछि के भयो पुरा पढ्नुहोस

प्रचण्ड र चिनिया राष्टपति सी को भेटबार्ता मा अपर्झट मोदी आएपछि के भयो पुरा पढ्नुहोस

प्रचण्ड,सी र मोदीबीच अप्रत्यासित त्रिपक्षीय भेटवार्ता


भारतको गोवामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक साथ भेट गरेका छन्। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता भइरहेको कोठामा भारतीय प्रधानमन्त्री मोदी प्रवेश गरेपछि त्रिपक्षीय छलफल भएको छ। तीन नेताबिच त्रिपक्षीय हितका बिषयमा करिब २० मिनेट छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालसँगै गोवामा रहेका प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका दाहाल पुत्र प्रकाश दाहालले आफ्नो फेसबुकमा सो भेटवार्ताको फोटो राखेका छन् । उनले प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति बीचको छलफलको फोटो र भारतीय प्रधानमन्त्री मोदी बैठकमा प्रवेश गरेपछिको फोटो पनि राखेका छन् ।
चिनिया राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको छुट्टै अनौपचारिक भेट भएको भन्दै प्रकाशले फेसबुकमा लेखेका छन,‘संयोगबस भएको यो भेट औपचारिक भन्दा पृथक रहेको थियो मुख्यत दुई देशको विकास चिनियाँ राष्ट्रपतिको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण र दुई देशको सम्बन्धको बारे खुलस्त छलफल भएको थियो ।’
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता भइरहेको समयमा भारतीय प्रधानमन्त्री प्रवेश गरेपछि रोचकपुर्ण तरिकाले त्रिदेशी छलफल भएको प्रकाशले उल्लेख गरेका छन् ।
त्रिदेशीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल सानो मुलुक भएपनि पशुपति र बुद्धको जन्मस्थलले तीन देशलाई जोडेको कुरा प्रधानमन्त्री दाहालले बताएको प्रकाशले फेसबुकमा जानकारी दिएका छन् । भेट बार्ताका क्रममा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले के कस्ता धारणाहरु राखे त्यसलाई भने प्रकाशले उल्लेख गरेका छैनन् ।
Previous
Next Post »