यौनसम्बन्ध निकै रोचक ! , हिजोआज उनी धेरै कर गरेपछि मात्र .

यौनसम्बन्ध निकै रोचक ! , हिजोआज उनी धेरै कर गरेपछि मात्र ...



उनको अरू नै कुनै यौन साथी छ कि जस्तो लाग्छ

 म ३६ वर्षको भएँ । विवाह भएको सात वर्ष भयो । हाम्रो केही वर्षको प्रेमपश्चात् विवाह भएको हो । मलाई सम्झना भएसम्म हामीबीचको २० देखि २५ पटकसम्मको यौनसम्बन्ध निकै रोचक एवं आनन्ददायक थियो । हिजोआज उनी धेरै कर गरेपछि मात्र यौनसम्बन्धका लागि तयार हुन्छिन् ।

सुरु–सुरुमा मलाई आश्चर्य लाग्थ्यो र त्यसका लागि म आफैलाई दोषी मान्थे । उनको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थें, तर धेरै समय बितिसक्दा पनि केही सुधार नभएकाले अबचाहिँ उनको अरू नै कुनै यौन साथी छ कि जस्तो लाग्छ र यस विषयमा खुलेर सोध्दा उनी झर्किंदै छैन मात्र भन्छिन् । यो समस्याका कारण म सधैं चिन्तामा छु । यो मेरो समस्या हो कि मेरी श्रीमतीको ?




तपाईंको प्रश्न पढ्दा तपाईंहरूबीच धेरै समयदेखि यौनसम्बन्धमा मतभेद छ जस्तो बुझिन्छ । एकातिर यौनसम्बन्धमा कमी आएको र अर्कातिर शंका उत्पन्न भैरहेको देखिन्छ, तर शंका पहिले उत्पन्न भएको हो कि यौनसम्बन्धमा कमी पहिले आएको हो भन्ने कुरा खुलस्त रूपमा बुझिदैन ।

तपाईंको जिज्ञासाअनुसार यदि तपाईंहरूबीचको समस्या तपाईंले आफ्नी श्रीमातीको अन्य कुनै यौन साथी छ कि भन्ने शंकाका आधारमा सिर्जना भएको हो र यकिनका साथ त्यसको कुनै प्रमाण छैन भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आरओसीडी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार (आरओसीडी) कुनै एक पार्टनर अर्को रिलेसनमा छ भने त्यसको सीधा असर यौनसम्बन्धमा र वैवाहिक सम्बन्धमा पर्छ । तपाईंले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ ।

एल्भिस प्रेसली भन्छन्, ‘हाम्रो सम्बन्धको बीचमा शंका छ भने हामी दुईबीच सपनाको विकास गर्न सक्दैनौं । रोबर्ट रेडिल तथा रोबर्ट ब्रिङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईष्या र मनोबलमा कमी हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो पार्टनरको फोन जाँच गर्ने, कता गएको हो भनेर पछयाउने जस्ता काम पनि हुन थाल्छन् र सम्बन्ध थप बिग्रन्छ ।

अर्को थाहा पाउने पर्ने कुरा हरेक व्यक्तिको यौनइच्छा र चाहना फरक–फरक हुन्छ । कुनै व्यक्तिले एउटै पार्टनरसँग वर्षौंसम्म उत्तिकै र उस्तै खालको यौनचाहना राख्न सक्छ र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र आनन्द प्राप्त हुन्छ । तपार्इंले उल्लेख गरेजस्तो समस्या सबै पुरुषमा हुँदैन ।

अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषमा एउटा अनुसन्धान गरे । जसअनुसार पुरुषमा नयाँ पार्टनरसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौनसम्पर्कमा नआएको पाइयो । त्यस्तै अनुसन्धान महिलामा पनि गरियो, तर महिलामा त्यस्तो समस्या निकै कम पाइयो ।

धेरै जोडीहरू जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ ।

तपाईंले उहाँमा वा आफैंमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तपाईं र तपाईंकी श्रीमतीले एक–अर्कासँगको सम्बन्ध कसरी राम्रो बनाउने तथा तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा गम्भीर छलफल गरी ठोस निर्णय लिन जरुरी हुन्छ ।

यदि माथि उल्लेखित विधिले पनि काम गरेन भने तपाईं र तपाईंकी श्रीमतीले मनेविद् वा मनोचिकित्सकसँग भेट्ने हो कि ? तपाईंको शंकाकै कारण समस्या उत्पन्न भएको हो भने तपाईं आफैंले विज्ञबाट जँचाउनु आवश्यक छ ।  
Previous
Next Post »