दाहालले पाँच मिनेट कुराए चिनियाँ राष्ट्रपतिलाई

दाहालले पाँच मिनेट कुराए चिनियाँ राष्ट्रपतिलाई

चिनियाँ पक्षले आफ्ना राष्ट्रपतिलाई कुराएकोमा अपमानित महसुस गरेको छ




कर्मचारीहरुले भने आफूहरुको दोष नभएको र प्रधानमन्त्री आफ्नै कारणले केही ढिलाई भएको अनौपचारिकरुपमा बताएका छन् ।
आश्विन ३०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटघाट साँझ ६ बजेर १० मिनेटका लागि तय भएको थियो । त्यसका लागि दाहाल निर्धारित समयभन्दा केही अगाडि नै ताज होटेलमा पुगेका थिए । तर त्यही समय चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाट चलिरहेको थियो । भेटघाटका लागि दाहालले झण्डै ३० मिनेट होटलमा कुर्नु परेको थियो । त्यसपछि चिनियाँ राष्ट्रपति तोकिएकै समयमा भेटघाट स्थलमा आए ।

दुईपक्षिय भेटघाटको लागि तय गरिएको होटलमा कोठा अगाडि दुवै देशको झण्डा पृष्ठभुमिमा राखेर हात मिलाउने र फोटो खिचाउने कार्यक्रम थियो । तर चिनियाँ राष्ट्रपति आएको झण्डै पाँच मिनेटसम्म झण्डाको पृष्ठभूमिका आए तर दाहाल आइपुगेनन् । त्यहाँ रहेका नेपाली प्रतिनिधि मण्डलका धेरै जसोले सीसँग हात मिलाउने अवसर पाए ।

प्रधानमन्त्री दाहाल समयमा नआएपछि सिको टोलीले फर्कने सुझाव दिइसकेको अवस्थामा प्रधानमन्त्री दाहाल आइपुगेपछि हात मिलाएर भित्र कुराकानी भएको हो । यसलाई कूटनीतिक ल्याप्सको रुपमा लिइएको छ । परराष्ट्र अधिकारीहरुको हेलचेक्र्याईं र ‘नेपाली टाइम’ पाराले यस्तो अवस्था आएको एक सहभागीले बताए । कर्मचारीहरुले भने आफूहरुको दोष नभएको र प्रधानमन्त्री आफ्नै कारणले केही ढिलाई भएको अनौपचारिकरुपमा बताएका छन् ।

चिनियाँ पक्षले बाहिर कुनै प्रतिक्रिया नदिए पनि आन्तरिक रुपमा यसलाई अपमानित ठानेको छ । नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यलाई चिनियाँ राष्ट्रपतिसँग हात मिलाउने मौका जुर्‍यो । दाहाल नआएपछि सि एकछिन अलमलमा परे । कता जाउँ कता जाउँ भयो
Previous
Next Post »