स्पेन र इटाली बराबर

स्पेन र इटाली बराबर





आश्विन २१, २०७३- ड्यानिएल डे रोसीले पेनाल्टीबाट अन्तिम समयमा गोल गरेपछि इटालीले युरोपेली विश्वकप छनोटमा बिहीबार स्पेनलाई बराबरीमा रोक्यो । यस्तै वेल्स र अस्ट्रियाले पनि रोमाञ्चक बराबरी खेले । टुरिनमा भएको खेलमाथि स्पेन पूर्ण हावी रह्यो र जित निश्चित जस्तै देखिएको थियो । भिटोलोको गोलले अग्रता लिएको स्पेनविरुद्ध रोसीले बराबरी गोल गरे र खेल १–१ को बराबरीमा छुट्यो । भिटोलीको गोल इटालीका गोलरक्षक जियानलुगी बुफोनको दुर्लभ भूलमा सम्भव भएको थियो । 

त्यस समूह ‘जी’ मा अल्बानिया शीर्षस्थानमा रहेको छ । उसले दुई खेलमा दुई जित निकालेको छ । पछिल्लो जितका लागि उले लेचेस्टाइनलाई २–० ले हरायो । त्यसमा पिटर जहेले र बेकिम बलाजले गोल गरे । त्यसै समूहमा इजरायलले मेसेडोनियालाई २–१ ले पन्छायो । भिएनामा युरो २०१६ को सेमिफाइनल खेलेको वेल्सले समूह ‘डी’ मा अस्ट्रियासँग २–२ को बराबरी खेल्यो । वेल्स सन् १९५८ यता पहिलोपल्ट विश्वकप छनोटको प्रयासमा छ । 

‘आजको खेल निकै कठिन रह्यो । यस्तोमा बराबरीमा प्राप्त एक अंक पनि बहुमूल्य रह्यो,’ वेल्स कप्तान गेराथ बेलले भने, ‘आजको खेल गाह्रो हुनेछ भन्ने हामीले अपेक्षा गरेका थियौं । अस्ट्रिया जस्तो बलियो टिमविरुद्ध खेल सजिलो नै हुन्छ ।’ अब वेल्सले अर्को खेलमा जर्जियाको सामना गर्नेछ । जर्जियाले अर्को खेलमा गणतन्त्र आयरल्यान्डविरुद्ध १–० को हार बेहोर्‍यो । सिमस कोलमनले त्यसमा निर्णायक गोल गरे । यो आफ्नो देशका लागि उनको पहिलो गोल पनि रह्यो । 

यसै समूह ‘डी’ मा सर्बिया मोल्डोभियामाथि ३–० ले विजयी रह्यो । समूह ‘आई’ मा क्रोएसियाले विश्व फुटबलको नयाँ सदस्य कोसोभालाई ६–० ले हराएर खेलको पाठ सिकायो । त्यसमा युभेन्ट्सका स्ट्राइकर मारियो मान्जुकेले पहिलो हाफमा ह्याट्रिक गरे । युरो २०१६ को नायक टिम आइसल्यान्डले पनि फिनल्यान्डविरुद्ध ३–२ को नाटकीय जित निकाल्न सफल रह्यो । आइसल्यान्ड दुईपल्ट पछाडि रहेर पनि खेलमा फर्कन र जित निकाल्न सफल भएको हो ।




Previous
Next Post »