बौद्ध गुम्बाहरु चर्चमा परिवर्तन भएको देख्दा एक बिदेशी क्रिश्चियनले नै उठाए प्रश्न

बौद्ध गुम्बाहरु चर्चमा परिवर्तन भएको देख्दा एक बिदेशी क्रिश्चियनले नै उठाए प्रश्न 
यसरी  नामेट  हुदै  छ बौद्ध धर्मको  पहिचान क्रिश्चियनकरणको  भयावह चपेटामा 
नेपालीले  येशु ख्रीष्ट संग आफ्नु  ”भगवान”  कसरी  साट्न सक्छन भन्दै प्रश्न उठाउदै एक बिदेशी क्रिश्चियन
‘ओम मणि पद्मे हूम्’ भन्दै शान्त भावमा ओठ चाल्दै जपमाला, माने घुमाउने हातहरु दुवै पन्जा फैलाएर आकाश छोउँला झैँ गरी ‘ हले लुईया ! हले लुईया ! ‘ गर्दै चिच्याई चिच्याई प्रार्थना गरिरहेका थिए। खिन्न मन लिएर हेरिरह्यो तिंबोले यी दृश्य।
बेल्जियम नागरिक तिंबो  मार्फत बनाईएको यो भिडियो हेरेपछी तपाई आफैं अनुमान गर्न सक्नु हुन्छ नेपालमा धर्म परिवर्तनको भयावह स्थितिबारे ।
नेपालको  तामाङ बाहुल्य  क्षेत्रमा भएको धर्म परिवर्तनलाई एक  बिदेशी क्रिश्चियनले नै  गम्भीर प्रश्न  उठाउदै एउटा मार्मिक  भिडियो बनाएको छ | जुन  भिडियोमा नेपालका  गौरबशाली महत्व बोकेका  पुरातन  गुम्बाहरु  कसरी धर्म परिवर्तनको मारमा परेर नष्ट हुदै  छ भने देखाएको छ | साथै के ,कस्तो , कसरी लोभ लालच  दिएको  छ  पास्टरहरुले  कति  सम्म झुट  बोलेका  छन्  त्यो  सबै  यो  भिडियोमा वर्णन गरेको छ|

बेल्जियम नागरिक तिंबो पहिलो पटक नेपाल घुम्न आए ,काठमाडौँ हुँदै गणेश हिमाल छेत्रमा आइपुगेको ७-८ दिन भएको छ । यही क्रममा ऊ धादिङ जिल्लाको उत्तरी गाँउ तिप्लिंग पुगेको छ । तिप्लिंग पुगे लगत्तै त्यहाँ एउटै गाउँमा ५-६ वटा क्रस ठड्याइएको चर्च देख्दा ऊ अचम्ममा पर्‍यो ।
गरिब, विपन्न देशका मान्छेहरुलाई सहयोग गर्ने नाममा धमाधम तिनका सनातन धर्म परिवर्तन गराउँदै क्रिस्टियन धर्मावलम्बी बनाउने क्रिस्टियन मिसनप्रति खेद जनाउँदै मन भरी कुरा खेलाउँदै ऊ पुन : हिजो साँझ देखिएको त्यही पुरानो गुम्बामा आइपुग्यो जुन गुम्बा आलु भण्डारको रुपमा प्रयोग गरिएको थियो। उसको मनको घाउ फेरि चर्कियो गुम्बा नजिक पुगेपछि।
त्यो घाउलाई उसले गणेश हिमाल क्षेत्र वरिपरीका गाउँहरु घुम्दा देखेको दृश्यमा समाहित गरेर भिडियो बनायो यथार्थमा आधारित। कस्तो थियो त्यो यथार्थ घाउ ?
Previous
Next Post »