दाहाल–लोकमान ‘सेटिङ’को असरः वडा सचिवपछि तामेलदार बेपत्ता, अव को को बेपत्ता होलान् ?

दाहाल–लोकमान ‘सेटिङ’को असरः वडा सचिवपछि तामेलदार बेपत्ता, अव को को बेपत्ता होलान् ?



काठमाडौं, २१ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुत्तः लोकमान सिंह कार्कीका घरमा म्याद (सूचना) टाँस्ने सर्वाेच्च अदालतको प्रयास बिहीवर दोस्रो दिन पनि असफल भएको छ । बुधवार कार्कीको घरमा म्याद टाँस्न सर्वोच्चबाट खटिएर गएका तामेल्दार शम्भु खत्रीले कार्कीको घर भएको कामनपा–१० बानेश्वरस्थित वडा कार्यालयकी सचिव नभेटिएपछि र बिहीबार म्याद टाँस्न जाने तामेलदार खत्री नै हराएपछि दोस्रो दिन पनि म्याद टाँस्न सर्बाेच्च अदालत असफल भएको हो । 

मुलुकको संबैधानिक अंगका प्रमुखको रुपमा रहेका कार्कीको योग्यतामाथि सर्बाेच्च अदालतले गरेको पुनरावलोकनका सम्बन्धी मुद्दामा म्याद बुझाउनै नसकेपछि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लडाकु शिविर भ्रष्टाचार मुद्दा नहेर्न प्रमुख आयुक्त कार्कीसँग र त्यसवापत कार्कीलाई कारवाही नगर्ने सेटिङ मिलाएको’ अभिब्यक्तिको कार्यान्वयनका रुपमा हेर्न थालिएको छ । कार्कीको अख्तियार प्रमुखका रुपमा आगमन र लडाकु शिविरको भ्रष्टाचार प्रकरण एक आपसमा जोडिएको पछिल्लो घटनाक्रमले प्रमाणित गरेको छ । 

कार्कीको नियुक्ति सम्बन्धी निस्सा बुझाउन र नबुझाए कारवाही हुने आदेश सर्बाेच्च अदालतले दिएकै दिन असोज २ गते आकस्मिक पत्रकार सम्मेलन गरी कार्कीले लडाकु शिविरमा भएको भ्रष्टाचार छानविन अघि बढेको वताएका थिए । प्रारम्भिक अनुसन्धानले लडाकु शिविरमा भ्रष्टाचारजन्य कसुर देखिन आएको देखिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा सहित माओवादीका २१ नेताको संलग्नता रहेको वताउँदै उनीहरुलाई पत्र काटिएको सोही दिन अख्तियारले वताएका थिए । त्यसबेला भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले स्वदेश फर्केपछि लडाकु शिविरको भ्रष्टाचार मुद्दाको छानविन अघि नबढाउन अख्तियार प्रमुख कार्कीसँग र कार्कीलाई जोगाउन अदालतसँग आफूले सेटिङ मिलाइसकेको पार्टी बैठकमा वताएका थिए । 

भ्रष्टाचारबाट उन्मुक्तिका लागि कार्कीसँग मिलाएको सेटिङ र सर्बाेच्चको कारवाहीबाट बच्न अदालतसँग मिलाएको सेटिङबारे दाहालले गरेको खुलासालाई बल पुग्नेगरी नै कार्कीले अदालतको म्याद बुझ्न अस्वीकार गरेका छन् । सर्बाेच्चले म्याद जारी गरेकै दिन क्यानाडा गएका कार्की क्यानाडाबाट सोमबार सिधै दिल्ली पुगेका छन् भने यता सर्बाेच्च अदालतले कार्कीको घरमा म्याद टाँस्ने काममा रहस्यमय असफलता प्राप्त गरिरहेको छ । लडाकु शिविरमा भएको ४ अर्व ४७ करोड रुपैयाको भ्रष्टाचारबाट उन्मुक्तिका लागि प्रधानमन्त्री दाहालले मिलाएको सेटिङको प्रतिफल स्वरुप कार्कीले म्याद नबुझेको र सर्बाेच्चबाट म्याद तामेलीको सूचना टाँस पनि असफल भएको प्रमाणित भएको छ ।  

कार्कीले बारम्बार म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासन कार्कीको घरमै सूचना टाँस्ने निष्कर्षमा पुगेको थियो । बुधबार कार्कीको निवास रहेको वडा नम्बर १० मा सर्बाेच्चका तामेलदार शम्भु खत्री कार्कीको घरमा म्याद टाँस्न गएका थिए । कार्कीले भाडामा दिएको घर भएका कारण वडा सचिवको रोहवरमा म्याद टाँस्नु पर्ने भन्दै उनले १० नम्बर वाडकी सचिव सरिता राईलाई खोजे । कार्यालयमा हाजिर भएकी सचिव राई त्यस दिन बेपत्ता भइन् । त्यसको भोलिपल्ट बिहीवार म्यादको तामेलीपत्र बोकेर गएका तामेलदार नै बेपत्ता भए । अदालत स्रोतका अनुसार वडा सचिव भेटिए सचिवकै रोहबरमा र नभेटिए स्थानीयको रोहबरमा भए पनि सूचना टाँस्ने निष्कर्षमा सर्वोच्च अदालत पुगेको थियो । तर तामेलीको सक्कलप्रति बोकेर हिँडेका खत्री बिहीबार दिनभर सम्पर्कबाहिर रहे । घरबाट कार्यालयका लागि निस्केका खत्रीले आफूले सूचना टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालयमा टाँस्न सकिन्छ कि भनेर त्यता लागेको बताएका थिए । 

बिहीवर अन्तिमपल्ट सवा १० बजे आफू कार्यालय आउनै लागेको बताएका खत्रीको त्यसपछि मोबाइल स्विच अफ भयो । सर्वोच्चको तामेली शाखाले दिनभर खत्रीको लोकेसन पत्ता लगाउने प्रयास गरे पनि सफल हुन सकेन । साँझ अबरेसम्म पनि उनको मोबाइल स्विच अफ नै थियो । अघिल्लो दिन सम्पर्कमा नरहेकी वडा सचिव राई बिहीबार मध्यदिनमा कार्यालय पुगेकी थिइन् ।

देशको मुख्य न्यायिक निकायले जारी गरेको म्याद अर्काे निकायका प्रमुखले बुझ्न अस्वीकार गर्ने र सर्बाेच्च अदालतले कानुन बमोजिम सूचना टाँस गरेर म्याद बुझाउन खोज्दा पनि कर्मचारीहरु रहस्यमय रुपमा हराउनुलाई प्रधानमन्त्री दाहाल र अख्तियार प्रमुख कार्कीले मिलाएको सेटिङको प्रतिफलका रुपमा हेरिएको छ । यसले देशको कार्यकारी प्रमुख रहेका पुष्पकमल दाहाल भ्रष्टाचारको ठूलो घटनामा संलग्न भएको र त्यसबाट जोगिन नै उनले अख्तियार प्रमुख कार्कीसँग सेटिङ मिलाएकाले मुलुकको न्यायप्रशासन पराजीत हुन पुगेको सन्देश दिएको छ । दशैंअघिका लागि शुक्रवार एक दिन मात्र सरकारी कार्यालय खुल्ने अवस्थामा कार्कीलाई दशैंअघि म्याद तामेली नहुने देखिएको छ । सर्बाेच्च अदालतको कारवाहीबाट कार्कीलाई बचाउन सके मात्रै लडाकु शिविर भ्रष्टाचारमा आफू र आफ्नो पार्टीका २१ जना नेता जोगिने निश्कर्ष मुताविक प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय रहेकाले सर्बाेच्च अदालत म्याद तामेलीमा असफल भएको देखिएको छ । 

प्रमुख आयुक्त कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ मा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले २०७१ असोज ८ मा खारेज गरेको उक्त रिट पुनरावलोकन हुने भएपछि तामेली शाखाले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्वीकार गरिरहेका छन् । पुनरावलोकनको निर्णयपछि सर्वोच्चले सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग नियुक्तिको फाइल मागेको थियो । दाहाल सरकारले कार्कीलाई नियुक्त गरेको फाइल गतसमलको भूकम्पमा हराएको जवाफ सर्बाेच्चलाई पठाएको थियो । सर्बाेच्चले फाइल नबुझाए कारवाही गर्ने निर्णय सुनाएपछि मात्रै दोस्रो पटक सरकारले फाइल भेटिएको वताएको थियो । 
Previous
Next Post »