निकै खतरनाक मानिने चट्याङ विमानमा परे के होला ?

निकै खतरनाक मानिने चट्याङ विमानमा परे के होला ?


गत अक्टोबर ३ तारिखमा एउटा अचम्मको घटना क्यामरामा कैद हुन सफल भयो । उत्तरी अटलान्टिकस्थित आइसल्याण्डमा निकै ठूलो वर्षा भइरहेको थियो । आकाशमा चट्याङ परिरहेको थियो जसलाई आफ्नो क्यामरामा कैद गर्न हालडोर गुडमुंडसनले आफ्नो क्यामरा निकाले । उनले ती तस्बिरहरु कैद गर्न सुरु मात्र के गरेका थिए, आकाशमा निकै ठूलो चट्याङ पर्यो र नजिकैको विमानस्थलबाट उडेको विमानमाथि बज्रियो ।

निकै खतरनाक मानिने चट्याङ उडिरहेको विमानमाथि बज्रदाँ हालडोरको मुटु एकछिन चिसो भयो । तर यति हुँदा हुँदै पनि विमान आफ्नै गतीमा अघि बढिरहेको देखेर उनी तीनछक परे । यति मात्र होइन, उक्त विमानले सुरक्षित फ्लाइट पूरा गरेर पेरिस एयरपोर्टमा ल्याण्ड गर्यो । विमानमा चट्याङ पर्दा केही नोक्सानी भएको थिएन ।

हालडोरले जुन तस्बिर खिचेका थिए त्यो देख्दा जोसुकैको आङ एकपटक सिरिङ्ग हुन्छ । त्यस्तो चट्याङ पर्दा पनि विमान सुरक्षित भएको खबरले उनी अचम्मित थिए किनभने विमानले करिब एक अर्ब ज्यूल बिजुलीको झट्का झेलेको थियो जुन एक चौथाई टनको बिस्फोटनबाट हुने क्षतीको बराबर हुन्छ । तर विमान सुरक्षित थियो ।

तपाईंलाई पनि सुन्दा अचम्म लाग्यो होला कि चट्याङ पर्दा पनि विमानमा कुनै नोक्सानी किन भएन ?

वास्तवमा विमानको बाहिरी पत्रमा यस्तो धातू लगाइएको हुन्छ जसले विमानलाई प्राकृतिक झट्काबाट बचाउँछ । वरिष्ठ बेलायती पायल क्रिस हेम्यान्डका अनुसार आजकाल विमानमा सुरक्षाको निकै कडा व्यवस्था गरिएको हुन्छ । वास्तवमा विमान धेरैजसो बादलबिच यात्रा गर्दछ । त्यसकारण यसले थुप्रै पटक चट्याङ पनि सहनुपर्छ ।

जब कुनै विमानमा चट्याङ पर्छ तब त्यो विमानको माथिल्लो पत्रबाट नै गुज्रन्छ । विमानलाई हल्का झट्का अवश्य पनि लाग्छ तर चट्याङ जतिसुकै ठूलो किन नहोस् त्यसको असर विमानभित्र बस्ने यात्रीहरुलाई पर्दैन ।
Previous
Next Post »