भारतले ओलीलाई अर्को मदन भण्डारी बनाउने खतरा ! ओलीविरुद्ध यसरी बन्दैछ योजना

भारतले ओलीलाई अर्को मदन भण्डारी बनाउने खतरा ! ओलीविरुद्ध यसरी बन्दैछ योजना






२६, साउन,काठमाण्डौं । विवादास्पद महाकाली सन्धि पास गराउन महत्वपुर्ण भूमिका खेलेका केपी ओली प्रधानमन्त्री भएपछि उनले देखाएको अडानले दक्षिणी शक्तिकेन्द्रलाई आतंकीत बनायो ।  त्यसो त प्रधानमन्त्री बन्नुअघिसम्म ओलीलाई भारतपरस्तको आरोप नलागेको पनि होइन । तर सत्तामा गएर ओलीले जे गरे र गर्न खोजे त्यो भारतले कल्पना गरेभन्दा बाहिरको कुरा थियो । त्यसैले भारतले ओली सरकार विरुद्ध कडा रबैया मात्र अपनाएन बरु भारतबाट नेपाल आउने सबै बस्तुको आपुर्ती ठप्प पार्र्यो ।  त्यसमाथी ओलीले चीनसँग ऐतिहाँसिक सम्झौता गरेपछि एमाले र विशेषतः ओली विरुद्ध बाह्य घेरामा देउवा–प्रचण्ड र भित्री घेरा माधव–झलनाथ–बामदेव सक्रिय भएको आरोप पनि लाग्दै आएको छ । यसको मुख्य योजनाकार भने भारत नै हरेको विश्लेषकहरु बताउदै आएका छन्  ।


  ऐतिहासिक पुष्ठभुमी नेपालका राजनीतिक नेताहरुले एउटा इतिहाँस बुझ्न र त्यसबाट सचेत रहन जरुरी छ । सन् १९९० पछिको अवधी नगदका धनी आईएनजिओ इसाईहरुद्वारा खटाइएका सामाजिक र सांस्कृतिक आक्रमणकारीहरुका लागि सुनौलो युग मानिन्छ । लागुऔषध ओसार–पसार गर्नेहरु, चार्वाक सम्प्रदायको सिद्धान्त सिकाइने केन्द्रहरुबाट राम्रो सहयोग प्राप्त भयो ।  इजरायली युवा जसरी कोकिन र अन्य लागुऔषधको जालमा फसेका छन नेपाली युवा त्यसरी नै फसेका छन् । नेपालमा इसाई धर्म प्रचारकले ०४६ पछि एमालेलाई अगाडि सारे, मदन भण्डारीको हत्याको योजना बनाएर । विरोधको सामना गर्नु नपरोस भनेर (एनजीओ) गैरसरकारी संस्थाको आवरणमा प्रवेश विस्तार गरे । जसलाई एमोलेले गाउँसम्म पु¥यायो । अमेरिका र नेटोको युगोस्लाभियामा प्रायोजित मानवअधिकार संगठनहरु जस्तै इन्सेक, एम्नेष्टी इन्टरनेशनल लगायत नेपालमा दुईतिहाई पश्चिमा एनजीआकोे सञ्जाल हो एमाले । भारतले जसरी माफिओसी एन्टोनियो माइनोद्वारा संञ्चालित गिरोहका कारण आफ्नो धार्मिक साम्प्रदायिक सम्पदाहरु गुमाइरहेको छ । इन्दिरा गान्धीको हत्यापछि राजीवको सल्लाहकारको रुपमा इन्दिरा मेशीनरी विरुद्ध अरुण नेहरुको प्रवेश पश्चिमा स्वार्थ रक्षार्थ लागि नियोजित प्लान थियो ।  सिआईएले ‘लिट्टे’लाई अगाडि सार्दै राजीव गान्धीको हत्या ग¥यो । उनी श्रीलंकाको द्वन्द पनि समाधान गर्न चाहन्थे । भारतीय जनता पार्टीका नेता सुब्रमण्ड्यम स्वामीले दोषी विरुद्ध प्रमाण पेश गर्दा पनि भारतीय सर्वोच्च अदालतलाई मौन गराइएको थियो । सम्झनलायक कुरा के छ भने २०६२÷०६३ मा भाकपा माक्र्सवादीका वर्तमान महासचिव सिताराम यचुरीलाई पुष्पलाल प्रतिष्ठानका तर्फबाट आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष भएपनि माधव नेपाल अनुपस्थित रहे । उक्त कार्यक्रममा यचुरीले मदन भण्डारीको हत्यामा माधव नेपालको हात रहेको कुरा सार्वजनिक गरेका थिए । मदन भण्डारीले पश्चिमा शक्ति र भारतको चलखेल राम्रोसंग वुझेका थिए । त्यसैले यो रहस्य बुझ्नासाथ पश्चिमा रणनीतिमा उनको हत्या गरियो । उनको हत्या पश्चात माधव नेपाल नेतृत्वमा आए, जसले ०४६ पूर्व तत्कालिन मालेको बैठकमा हतियार संघर्षमार्फत पश्चिमापरस्त भारतको सहयोगमा संघर्ष गर्ने प्रस्ताव पार्टीमा पेस गरेका थिए । जसलाई मदनले ठाडै अश्वीकृत गरिदिएको कुरा सार्वजनिक भइसकेको छ । माधवको उदयसँगै आईएनजीओकरण गर्दै वास्तविक वामपन्थीहरुलाई किनारा लगाउँदै गए । मदन भण्डारीको भौतिक हत्या र मोहनचन्द्र अधिकारीलाई जिउँदै राजनीतिक हत्या गराए ।  एनजीओ एमालेको आर्थिक श्रोत र मनोरञ्जनको गतिलो माध्यम बनेको छ ।  ओलीको ज्यानमाथी खतरा नेपालमा भारतसंग जोरी खोज्दा भएका विभत्स घटनाहरु कसैका सामु लुकेका छैनन् । पुष्टि नभएपनि मदन भण्डारीको हत्यादेखि बीरेन्द्रको वंशनाशसम्मको योजना भारतकै ‘रअ’को निर्देशनमा भएको थियो भन्ने चर्चा सेलाएको छैन । हैन भने मदन भण्डारी र बीरेन्द्रको वंशनाशको रहस्य किन सार्वजनिक हुदैन ?  नेताहरु किन छानविन समितिसम्म बनाउन सक्दैनन् ? बीरेन्द्रले चीनबाट हतियार ल्याउने सम्झौता गर्दा उनको हत्या हुनु र मदन भण्डारीले स्वाधिनताको नारा बोक्दै गर्दा रहस्यमय मृत्यु हुनु संयोग मात्रै मान्न सकिन्न । बेलाबेलामा प्रचण्डले समेत आफ्नो ज्यान खतरामा रहेका भन्ने अभिव्यक्ति सार्वजनिक गर्छन् । यसमा पनि घुमाउरो इंगित भारततर्फै हुने गरेको थियो, भलै उनलाई अहिले भारतकै सहानुभुतिले प्रधानमन्त्री भएको बताइन्छ  ।  भलै ओलीले अहिले आफ्नो ज्यानमाथी खतरा रहेको कुरा बोलेका छैनन् तर ओलीलाई आफूमाथी खतरा रहेको प्रष्ट थाहा छ ।  एकजना एमाले निकट पोलिटव्युरो सदस्य भन्छन्– ‘ओली कमरेडलाई अर्को मदन भण्डारी बनाउने योजना दक्षिणको छ तर उहाँ झुक्नुहुन्न । स्रोतका अनुसार ओलीलाई सबैभन्दा बढी खतरा आफ्नै पार्टीभित्रबाट छ ।  हालसम्म भएका घटनामा भारतले हत्या या आक्रमण गरेको पुष्टि नभएपनि आमवृतमा संका काटिन्छ र भारतीय कतिपय व्यवहारले त्यसलाई पत्याउन बाध्य पनि पारिदिन्छ । अहिले सत्ताबाट बाहिरिँदा ओलीले भारतकै हातरहेको बताउनु, भारतले केपी ओललाई नरूचाउनु, नेपालमा भारत विरोधि गतिविधिको चुरो ओलीलाई ठान्नुलाई संयोग मात्र मान्न सकिँदैन । भारतले भारतविरोधी मनोभावना घटाउन र ओली राष्ट्रबादलाई सिध्याउन अनेक प्रपञ्च रचेको छ र यस्ता गतिविधि बढिपनि रहेका छन् । त्यसैले एक्लिएका  ओली आफ्नै पार्टीका केही नेता, भारत र अन्य प्रतिष्पर्धिको चंगुलमा पर्ने त होइनन् खतरा बढेको छ ।
Previous
Next Post »