साउदी अरेवियाका राजकुमारलाई किन दिइयो मृत्युदण्ड ?

साउदी अरेवियाका राजकुमारलाई किन दिइयो मृत्युदण्ड ?


रियाद : साउदी अरबका राजकुमारलाई मृत्यदण्डको सजायँ दिइएको छ। साउदी गृहमन्त्रालयका अनुसार तीन बर्ष पहिले राजधानी रियादमा एक व्याक्तिको हत्या गरेको आरोपमा राजकुमार तुर्की विन सउद अल कविरलाई रियादमा मृत्यदण्डको सजाय दिइएको हो।

तर उनलाई कुन प्रकारको सजायँ दिइयो भन्ने प्रष्ट भइनसकेको बीबीसीले जनाएको छ। साउदीमा अधिकांसलाई सार्वजनिक स्थानमा सिर छेदन गरेर मृत्युदण्ड दिने गरिन्छ। साउदीमा यसलाई दुर्लभ घटनाको रुपमा लिइएको छ। अधिकारकर्मीहरु र पश्चिमाहरुले साउदीमा दिइने मृत्युदण्डको विरोध गर्दै आएका छन्। यसले चरम मानव अधिकार उल्लङघन भएको उनीहरुको धारणा छ।

राजकुमार तुर्की विन सउद अल कविर यो बर्ष मृत्युदण्ड पाउने १ सय ३४ औं व्याक्ति हुन्। शाही परिवारका सदस्यलाई मृत्यु दण्डको सजायँ कमै हुने गर्छ। ४० बर्षको इतिहाँसमा यो पहिलो पटक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। साउदीमा सन् १९७५ मा शाह फैसलको हत्या गर्ने राजपरिवारका सदस्य फैसल बिन मुसैद अल सउदलाई पनि मृत्यु दण्ड दिइएको थियो। साउदीमा मृत्य दण्डको सजायँ पाउने अधिकांस मानिस हत्या वा लागु औषध तस्करीका दोषी हुने गर्छन्।

राजकुमारले आफ्नो साथीको हत्या गरेको स्विकार गरेको गृहमन्त्रालयले जनाएको छ। ‘यसले हरेक मानिसमा विश्वास हुने छ की सरकार न्याय, अन्याय र सुरक्षा प्रति प्रतिवद्ध छु,’ मृत्यदण्डको घोषणा गर्दै गृहमन्त्रालयले भनेको छ।अलअरबियाका अनुसार पीडितका परिवारले ‘ब्लड मनी’ लिन अस्विकार गरेका थिए। यस्ता घटनामा परिवारले आर्थिक क्षतिपूर्ती स्विकार गरेमा दोषी छुट्न सक्छन्। मंगलबार दिइएको शाही परिवारको सदस्यको मृत्युदण्ड सन् १९७५ मा राजकुमार फाइसल वीन मसाइदलाई दिइएको मृत्युदण्ड पछिको पहिलो हो ।

फाइसललाई राजा फाइसलको हत्या अभियोगमा रियादमै टाउको छिनाइएको थियो । न्यूयोर्क टाइम्सले आफ्नो अर्काइभमा रहेको लेखको हवाला दिंदै त्यस बेलाको मृत्युदण्डलाई दश हजार मानिसले प्रत्यक्ष रुपमा चुपचाप हेरेको र टाउको छिनाएपछिभने ‘इश्वर महान छन्’ र ‘न्याय प्राप्त भयो’ भनेर कराएको उल्लेख गरेको छ ।

त्यसको केही बर्षपछि एक जना राजकुमारी र उनको पतिलाई बिबाहइत्तर सम्बन्धको आरोपमा मृत्युदण्ड दिइएको थियो । राजकुमारीले परिवारले छानेको व्यक्तिसंग बिहे गर्न अस्वीकार गरिएपछि पतिकै अगाडी गोली हानिएको थियोभने त्यसपछि उनको पतिको टाउको छिनाइएको थियो ।

साउदीका एक राजकुमारलाई उदृत गर्दै हाल मृत्युदण्ड दिइएका राजकुमार टर्की सन् १९३२ मा आधुनिक साउदी अरेवियाको स्थापना गर्ने राजा अवधुल्लजिज्को बंशज रहेको उल्लेग गरिएको छ । यद्यपी उनको मृत्युदण्ड कुन उपायबाट गरिएको र कति मानिसले हेरेको भन्ने जानकारी दिइएको छैन ।
Previous
Next Post »