भुटानी शरणार्थीलाई चाँड बाँड आएको भन्दा नआएकै जाति |

भुटानी शरणार्थीलाई चाँड बाँड आएको भन्दा नआएकै जाति |

औपचारीक मात्र भए पनि पर्व मनाउनै पर्ने यहि बाध्यतामा पुगेका |


दमक | नेपालीहरुको महान चाड बडादशै हरेक नेपालीहरुको घरघरमा लागेको छ । तर सधै अरुले नापजोख गरेर दिएको अन्नले जिविको पार्जन गर्दै आएका झापा र मोरङ जिल्लामा रहेका भूटानी शरणार्थीहरुलाई महान चाड बडा दशैको कुनै रौनक छैन । आसपासका क्षेत्रहरुमा बडा दशैको अवसरमा बेग्लै रौनक छाईरहेको बेला झापाको दमक ५ स्थित बेलडागी शरणार्थी शिबिरमा भने खासै चहल पहल छैन ।

झापा र मोरगका विभिन्न शरणार्थी शिविरहरुमा शरणागत भुटानी शरणार्थीहरुकालागि चाँड बाँड भएको भन्दा नआएको जाति हुने गरेको छ । सन २००८ बाट शुरुभएको तेस्रो देश पुर्नवासको क्रमजारि रहे संगै परिवार छिन्न विन्नमा परेका बेलडाँगी १ हटनम्बर ३७ का मेकमान तामाङ्गका लागि चाँड बाँड आएको भन्दा नआएकै जाति हुनेगरको छन । उनकी श्रीमति र केहि सन्तान युरोप र अमेरिक पुगेपछि एक्लो जिबन झन्झटिलो बनेको छ ।

तामाङ्गजस्तै शिविरमा आश्रित अधिकांश शरणार्थीहरुका आफन्तहरु अमेरिका लागायत अष्टेलिय र युरोपका गरि ८ वटा मुलकमा पुर्नवास भइसकेका छन । सधै अरुले दिएको खाद्यान्नका भरमा जिवन गुजारी रहेका शिबिरबासीहरु डिल्लीराम सुवेदी, इन्द्रकुमार प्रधान, दुर्गामाया प्रधान र दुर्गामान सन्यासि अनि उमेश राईलाई समेत दशैको वास्ता नै छैन । सवै तिर दशैं मनाई रहदा शरणार्थीहरुलाई भने आफ्नै देशमा मिठो मसिनो खाएको र आफन्तसंग रमाईलो गरेको यादले साह्रै पिरोल्ने गरेको थियो । आफ्नै देश, आफ्नै शैली, आफ्नै बारी सवै थोकि थियो, भुटानमा । तर नेपाल लखेटिए पछि छानो फाटोको झुप्रो र दाताले दिएको राहत बाहेक केहिछैन । अरु बेला त जसो जतो समय वित्छ ।

तर जव पर्वहरु आउंछन्, उमंग भन्दा निराशाले मन किच्ने गरेको छ । केहि वर्ष अघि सम्म त फाटेको छानो मुनि आफन्तहरुको साथमा दशैं मनाउंदा पनि मन जोडिन्थ्यो । तर परिवारहरुनै बिभाजीत हुंदै तेश्रो मुलुक जान थाले पछि त शिविरमा रहेका शरणार्थीहरुलाई पर्वहरु पीरका पर्याय बन्ने गरेका छन् । अभाब र अभर छ भनेर पर्व नमनाउंदा पनि नहुने । जसो तसो संस्कार त धान्नै प¥यो । औपचारीक मात्र भए पनि पर्व मनाउनै पर्ने यहि बाध्यतामा पुगेका शरणार्थी यो दशैंमा पनि खल्लो मन लिएर टीका जमरा थापि रहेका छन् ।
Previous
Next Post »