धुलिखेलमा किन यज्ञ लगाए ५२ जापानी नागरिकले ?

धुलिखेलमा किन यज्ञ लगाए ५२ जापानी नागरिकले ?

धुलिखेल, १४ कात्तिक – वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले दुई दिने अनुष्ठान गराएका छन् । शनिबारदेखि सुरु भएको यज्ञ आजसम्म् चल्नेछ ।
काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा१३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए ।
विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सङ्कल्प लिएर हिँडेका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आएका छन् । संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसकेका उनले सन् २००७ देखि नेपालमा अनुष्ठान सुरु गरेका हुन् ।hawan
उद्देश्य प्राप्तिका लागि बर्सेनि एकपटक नेपालमा यज्ञ गराउन आउने आयातोसीलाई स्वामी गोपालबाबाले ‘जापानी गुरु मोन्जु सत्य’ उपाधि समेत दिएका छन् ।
कार्यक्रमको संयोजन गर्ने नवीन डङ्गोल, पारु डङ्गोल राउत एवम् पण्डितद्वय शिवप्रसाद पोखरेल र हरिकृष्ण प्याकुरेललाई आयातोसीले दुई महिना अघि जापानस्थित आफ्नै घरमा बोलाएर दुई हप्ताको यज्ञ गराएका थिए ।
नेपाली पण्डितबाट यज्ञ गराएपछि आत्म शान्ति भई उद्देश्य प्राप्तिमा सहजता महसुस गरेको उनले बताए ।
Previous
Next Post »