अजरबैजानको बाकुमा छ वैदिक हिन्दु मन्दिर, चिरकालदेखि बलिरहेछ अखण्ड ज्योति

अजरबैजानको बाकुमा छ वैदिक हिन्दु मन्दिर, चिरकालदेखि बलिरहेछ अखण्ड ज्योति


काठमाडौं, १५ कात्तिक — एसियाली देश अजरबैजानको बाकु भन्ने ठाउँमा जाज्वल्यमान दुर्गापीठ छ । उक्त पीठमा चिरकालदेखि अखण्ड ज्योति बलिरहेको छ ।

मन्दिरको गजुरनिर शिवजीको त्रिशूल समेत रहेको छ ।
सन् १८८३ मा रुसका जार अलेक्जेन्डर अलेक्सान्द्रोविच (अलेक्जेन्डर तेस्रो)ले बाकुस्थित आतेशगाहमा रहेको अग्निमन्दिरको दर्शन गर्न गएका थिए । त्यहाँ उनले पूर्ण वैदिक अग्निहोत्र यज्ञमा भाग लिए । वैदिक ब्राह्मणहरूले यो यज्ञ सम्राट् अलेक्जेन्डरका लागि आयोजन गरेका थिए ।
जारले भ्रमण गर्नुअघि बाकुको यो मन्दिर ओझेलमा परेको थियो । वर्षौंपहिले मुसलमान अतिक्रमणमा परी मन्दिर क्षेत्रमा बस्ने हिन्दुहरू अन्यत्रै जान बाध्य भएका थिए ।
यो शक्तिपीठ हिन्दु ज्यामितीय प्रणाली श्रीयन्त्रका आधारमा बनाइएको छ । इजिप्टका पिरामिडहरू पनि श्रीयन्त्रकै आधारमा बनाइएको विश्वास गरिन्छ ।
बाकुको यो अग्निमन्दिर राजा विक्रमादित्यको पालामा स्थापना गरिएको हो । ईसाभन्दा सात हजार वर्षपहिले विक्रमादित्यले पश्चिममा प्यालेस्टाइनदेखि पूर्वमा भियतनामसम्म शासन गर्थे ।
सन् १६८३ मा जर्मन यात्री केम्फरले बाकुमा सातवटा अग्निछिद्र देखेका थिए । मूलरूपमा यहाँ नौवटा छिद्र थिए जसबाट अखण्ड ज्योति बलिरहन्थ्यो । यहाँ सतीदेवीको मुटु पतन भएको समेत मान्यता छ ।
Previous
Next Post »