नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कपमा खेल्ने

नेपाल एसिया कपमा छनोट
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कपमा खेल्ने




आश्विन २९, २०७३- नेपाल एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्न भाग्य खुलेको हो ।

एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो । 

थाइल्यान्ड १० अंक सहित एसियाली छनौटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ । नेपालले ३ जित र ३ हारसँगै ६ अंक जोड्यो र दोस्रो भयो । 

शनिबार भएको हङकङ र थाइल्याण्डबीचको खेलमा थाइल्यान्डले आयोजक हङकङलाई ७ विकेटले हरायो । त्यसमा हङकङ विजयी भएको भए एसिया कप खेल्ने टिमको टुंगो रनरेटको आधारमा हुने थियो । 

शनिबार नै भएको पहिलो खेलमा नेपालले चीनलाई ४ विकेटले हराएर २ अंक बटुल्न सफल भएको थियो । 

हङकङले चीन ले ४/४ अंक जोडेका थिए । 




Previous
Next Post »