साउदी अरेवियाका राजकुमारलाई मृत्युदण्ड

साउदी अरेवियाका राजकुमारलाई मृत्युदण्ड





कार्तिक ३, २०७३- करिव चार दशक पछि पहिलो पटक सउदी अरेवियाको शाही परिवारका एक जना सदस्यलाई मंगलबार फाँसी दिइएको छ । उनलाई झगडाका बेला गोली हानी एक जना पुरुषको हत्या गरेको आरोप लागेको थियो ।

द न्यूयोर्क टाइम्सका अनुसार राजकुमार टर्की वीन साउद वीन टर्की वीन साउद अल–कवीरलाई रियादमा मृत्युदण्ड दिइएको साउदीका सरकारी समाचार संस्थाले जनाएको छ । यद्यपी कुन उपायबाट उनलाई मृत्युदण्ड दिइएको हो भन्ने कुरा उल्लेख गरिएको छैन । साउदी अरेवीयमा सार्वजनिक स्थानमा टाउको काटेर मृत्युदण्ड दिने चलन छ ।
 
यस घट्नाले साउदी अरेवीयका दुर्लभ सामाजिक सञ्जाललाई समेत तताएको छ । धेरै जसोले साउदी अरेवीयको न्याय प्रणालीमा कोही माथि नभएको उल्लेख गरेका छन्भने कतिपयले पश्चिमा मानव अधिकार संस्थाहरुले अलोचना गर्दै आएको मुस्लिम सारिय कानुनको निष्पक्षताको वकालत गरेका छन् ।
 
‘सबै भन्दा महत्वपूर्ण कुरा भनेको आम मानिसले कानुन सबैका लागि लागु हुने कुरा देखें । कानुनको नजरमा कोही साना र ठूला हुादैनन्’ साउदी अरेवियाका एक जना नामी वकिल अवदुल चहमान अल लहिमले ट्वीटरमा लेखेका छन् ।

मंगलबार दिइएको शाही परिवारको सदस्यको मृत्युदण्ड सन् १९७५ मा राजकुमार फाइसल वीन मसाइदलाई दिइएको मृत्युदण्ड पछिको पहिलो हो । फाइसललाई राजा फाइसलको हत्या अभियोगमा रियादमै टाउको छिनाइएको थियो । न्यूयोर्क टाइम्सले आफ्नो अर्काइभमा रहेको लेखको हवाला दिंदै त्यस बेलाको मृत्युदण्डलाई दश हजार मानिसले प्रत्यक्ष रुपमा चुपचाप हेरेको र टाउको छिनाएपछिभने ‘इश्वर महान छन्’ र ‘न्याय प्राप्त भयो’ भनेर कराएको उल्लेख गरेको छ ।

त्यसको केही बर्षपछि एक जना राजकुमारी र उनको पतिलाई बिबाहइत्तर सम्बन्धको आरोपमा मृत्युदण्ड दिइएको थियो । राजकुमारीले परिवारले छानेको व्यक्तिसंग बिहे गर्न अस्वीकार गरिएपछि पतिकै अगाडी गोली हानिएको थियोभने त्यसपछि उनको पतिको टाउको छिनाइएको थियो ।

साउदीका एक राजकुमारलाई उदृत गर्दै हाल मृत्युदण्ड दिइएका राजकुमार टर्की सन् १९३२ मा आधुनिक साउदी अरेवियाको स्थापना गर्ने राजा अवधुल्लजिज्को बंशज रहेको उल्लेग गरिएको छ । यद्यपी उनको मृत्युदण्ड कुन उपायबाट गरिएको र कति मानिसले हेरेको भन्ने जानकारी दिइएको छैन ।  




Previous
Next Post »