प्रचण्डले गराए संसारमा कहि नभएको ‘घटिया’ निर्णय, सर्वत्र विरोध र आलोचना

प्रचण्डले गराए संसारमा कहि नभएको ‘घटिया’ निर्णय, सर्वत्र विरोध र आलोचना

प्रचण्डकै प्रस्तावमा भारतीय राष्ट्रपति आउँदा विदा


काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री भएपछि लगातार विवादमा तानिदै आइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक फसेका छन् ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल आउन लागेका भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेर प्रधानमन्त्री प्रचण्ड फसेका हुन् ।

उनको यो निर्णयलाई ‘संसारमै कहि नभएको घटिया’ भनेर टिप्पणी गरिएको छ । गतवर्ष भारतले नाकाबन्दी गरेर नेपाली दुःख दिएको स्मरण गर्दै सामाजिक सञ्जालमा अधिकांश नेपालीले सत्ता र आफ्नो स्वार्थका लागि भारतका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आरोप लगाउँदै विरोध गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतसँगै चीनका राष्ट्रपतिको सम्भावित भ्रमणका लागि अहिले नै सार्वजनिक विदा दिने निर्णय गराएका छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन् ।

प्रचण्डकै प्रस्तावमा विदाको निर्णय

मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबारको बैठकमा भारत र चीनका राष्ट्र प्रमुख आउँदा सार्वजनिक विदा दिने प्रस्ताव प्रधानमन्त्री प्रचण्ड स्वयंमले गरेका थिए ।

भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण धेरै वर्षमा हुन भएकाले सार्वजनिक विदा दिनुपर्ने उनको प्रस्ताव थियो । नेपालको ट्राफिक व्यवस्थापन पनि राम्रो नभएको उनको तर्क थियो ।

सर्वत्र विरोध र आलोचना

प्रचण्ड सरकारको पछिल्लो निर्णयको सर्वत्र आलोचना र विरोध भइरहेको छ । उनलाई धेरैले गाली पनि दिएका छन् ।

केहीले ‘हाम्रा देशका राष्ट्रपति जाँदा भारतमा विदा हुन्न भने किन हाम्रोमा मात्र हुने। छिमेकी त बराबर हुन्छन् होइन र!’ भनी प्रश्न समेत गरेका छन् ।
Previous
Next Post »