सिंहदरबार वार्ताः ओलीको प्रश्नले प्रचण्डको बोली बन्द, जवाफ नपाएपछि ओली निस्किए


सिंहदरबार वार्ताः ओलीको प्रश्नले प्रचण्डको बोली बन्द, जवाफ नपाएपछि ओली निस्किए



काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
विहिबार अपराह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको वार्तामा एमाले अध्यक्ष ओलीले संविधान संशोधन किन र के का लागि भनेर प्रश्न गरेका थिए । यो प्रश्नको जवाफ प्रचण्डले स्पष्टसँग नदिएपछि ओली असन्तुष्ट हुँदै नस्किएका छन् ।
बैठक कोठाबाट ४५ मिनेटपछि असन्तुष्ट हुँदै बाहिर निस्केका ओलीले संविधान संशोधनबारे प्रधानमन्त्रीबाट प्रष्ट कुरा नआएको जानकारी दिए । ‘संविधान संशोधन किन र के का लागि भन्ने विषयमा उहाँबाट प्रष्ट कुरा आएन,’ ओलीले सञ्चारकर्मीसँग भने ।
प्रधानमन्त्री प्रचण्डले मधेसका मुद्दालाई समेटेर संविधान संशोधन गर्ने विषयमा छलफल गर्न एमाले अध्यक्ष ओलीलाई सिंहदरबार बोलाएका थिए ।
यता प्रधानमन्त्री कार्यालयले संविधान संशोधनबारे प्रचण्ड र ओलीबीच सकारात्मक छलफल भएको जनाएको छ ।

Previous
Next Post »