नेपाली सेनाले अब कुनै बिलम्ब नगरि निर्मल निवास गई राजासंग सम्बाद, सहमति र सहकार्य गर्नु पर्दछ ।

नेपाली सेनाले अब कुनै बिलम्ब नगरि निर्मल निवास गई राजासंग सम्बाद, सहमति र सहकार्य गर्नु पर्दछ ।



भारतीय राष्टपतिले ३ दिने राजकीय भ्रमण गरेर गएको लगत्तै प्रचण्ड र केपीको बैठक हुन्छ । देउवा भारतमा भ्रमण जान्छ । त्यसको भोलिपल्ट मिडियामा खबर आउँछ कि अंगिकृत नागरिकता लिएकाहरुलाई पनि राष्टप्रमुख सहित संम्बैधानिक प्रमुख बननन सक्ने गरि संविधान संशोधन गर्ने तयारी भनेर । यसको विरुद्ध केही युवाशक्ति माइतिघर मण्डलामा विरोधमा निस्कन्छ र सामाजिक संजालमा यसको तिब्र विरोध हुन्छ ।

फेरि खबर आउँछ सरकारीपक्षबाट कि अंगीकृत नागरिकता भएकालाई संम्बैधानिक अंगको प्रमुख बनाउने भन्ने समाचार गलत हो । यो त सबै दलसंग सहमति गरेर मात्र संशोधनकोलागी पेश हुन्छ ।माओवादी एक्लै गर्न लागेको होइन भन्ने अभिप्राय सहितको खबर आउँछ । जे भए पनि सरकारीपक्षबाट आएको खण्डनले वर्तमान गणतन्त्रवादीहरु अंगीकृत नागरिकलाई पनि राष्टप्रमुख बनाउने मनसायमा रहेको स्पष्ट हुन्छ ।

यसरी स्पष्ट शब्दमा नेपाललाई परतन्त्र बनाउने कुरा गर्दा पनि यहाँका राष्टवादी दल भन्ने, नागरिक समाज भन्ने, बुद्धिजीवि भन्नेहरु मुखमा दही जमाएर बसेका छन् । हिजो राजाले शुभकामना सन्देश दिंदा पनि चर्को विरोधको आवाज उठाउने यी बुद्धिजीवी, नागरिक समाज भनने दलालहरु कुन दुलो भित्र पसे ? के गर्दैछ यी दलालहरु ?

यीनिहरुको मौनताले यही नै प्रष्ट गरेको छ कि यी नागरिक समाज भन्ने र बुद्धिजीवी भन्ने जन्तुहरु मानिसहरुको समूह नै होइन विदेशबाट किनिएका भेडाबाख्रा हुन । विदेशी दलाल मात्र हुन भनेर स्पष्ट हुन्छ । यी दलालहरु भारतीय राष्टपति आउँदा दिएको सार्वजनिक बिदा र अघोािषत कफ्यु गरेर देश जनतालाई दिएको दुख र भारतीय दलालीबारे बोलेन बोलेन, अहिले देशलाई नै परतन्त्र बनाउने कार्य गर्न लाग्दा पनि मौन बसेको देख्दा यी दलालहरुको विगतमा राजा विरुद्ध र राजतन्त्रलाई कमजोर बनाउन मात्र प्रयोगमा ल्याएका हुन् भनेर स्पष्ट भएको छ ।
तसर्थ ०६२र ०६३ को आन्दोलन र नागरिक समाज र बुद्धिजीवी भन्नेहरुको आन्दोलन त नेपालमा राजतन्त्रलाई कमजोर बनाएर देशलाई बेच्ने षडयन्त्र मात्र भएको पुष्ठि भएको छ । त्यसबेला जति पनि राजा विरुद्ध कुरा प्रचार गरे , जति राष्टियताको कुरा गरे ती सबै देश बेच्न गरिएको रणनीति मात्र रहेछ ।

अब पनि जनता नचेते, नजागे केहि समय पछि नै यो देश नै नरहने निश्चित छ । तसर्थ देशलाई बचाउन अब नेपाली जनताको साथै नेपाली सेना पनि जुर्मुराउनु अत्यन्त आवश्यक छ । सेनाको काम देशको रक्षा गर्नु हो । अहिले देश विदेशी आक्रमणबाट नभएर आफ्नै देशका दलाल गणतन्त्रवादीहरुबाट बेचिने खतरा मात्र होइन बच्ने नै तरखरमा रहेकोले यसलाई बचाउने कार्यमा नेपाली सेना लाग्नु पर्दछ । यसकोलागी राष्टिय एकताका प्रतिक, देश र जनताका अभिभावक राजा ज्ञानेन्द्रसंग सहमति, सम्बाद र सहकार्य गर्नु पर्दछ । किनकी हिजो पनि राजा र सेना मिलेर यो देशलाई एकिकरण गरि यो देशलाई कहिल्यै पराधिन हुनु नपर्ने र सार्वभौमसत्ता सम्पन्न बनाइ राखे । अहिले राजा र सेना बिचको दुरीसंगै देश पनि गुम्न लागेकोले आफ्नो धर्म निर्वाह गर्ने समय आएको छ ।

सेनाका प्रमखले पनि समय समयमा देशलाई बचाउन सेना पछि पर्ने छैन भनेर अभिब्यक्ति दिनु भएको नै छ । अब समय आइसकेकोछ त्यो अभिब्यक्तिलाई पुरा गर्ने समय । त्यसैले अब कुनै बिलम्ब नगरि निर्मल निवास गई राजासंग सम्बाद, सहमति र सहकार्य गरि यो देशलाई पुन राजा र सेनाको नेतृत्वमा शान्त, समृद्ध बनाउनु पर्दछ । होइन भने संसारभर बहादुर वफादार, आर्दशवाद, देशभक्त भनेर चिनिएको पहिचान नपुसंकता, कायर, गद्दार जस्ता नामबाट चिनिनेछ ।

किनकी देशलाई बर्बाद गर्दा पनि देशलाई समाप्त गर्दा पनि देशलाई असफल बनाउँदा पनि मौन बस्ने सेनालाई सेना भन्न सकिन्दैन । किनकी अहिले नेपाली जनताको चाहना पनि यही हो कि सेना र राजा मिलोस यी दलाल गणतन्त्रवादीहरुको अन्त होस भनेर ।

अर्को तर्फबाट राजाबाट पनि स्पष्ट शब्दमा देश कता तिर गइरहेको छ त्यस तर्फ सोच्ने बेला आएको छ भनेर भनिबक्सीसकेको अवस्थामा नेपाली सेनाले राजाको यस कुरालाई मनन गर्दै तत्काल राजासंग सहकार्य गर्नु पर्दछ । यही अहिलेको समयको माग हो । यही नेपाली जनताको चाहना हो । यही नै अहिलेको आवश्यकता हो ।
Previous
Next Post »